नागरिक रैबार/बाजुरा २ मंसिर। बाजुराको बुढीगंगा नगरपालिका र बुढीगंगा सिप विका तथा प्रशिक्षण केन्द्रले निःशुल्क तयारी कक्षा संचालन गरेपछि त्यसतर्फ विद्यार्थीहरुको आकर्षण बढ्न थालेको छ ।
बुढीगंगा नगरपालिका र बुढीगंगा सिप बिकास तथा प्रशिक्षण केन्द्रद्वारा संचालन गरिएको निम्न माद्यमिक तहको अध्यापन अनुमतिपत्रको निःशुल्क तयारी कक्षा संचालन गरेपछि विद्यार्थीहरुको आकर्षण बढेको हो ।
२०८१ कार्तिक ८ गतेबाट बुढीगंगा नगरपालिकास्थित बडीमालिका क्याम्पस फालासैनमा सूरु गरिएको उक्त तयारि कक्षामा बुढीगंगा नगरपालिका, त्रिबेणी नगरपालिका र खप्तड छेदेदह गाउँपालिकाका बिद्यार्थीहरु नियमित रुपमा तयारी कक्षामा सहभागि भईरहेका छन् ।
शिक्षक सेवा आयोगले मंसिर १५ गते हुने निम्न माद्यमिक तहको अध्यापन अनुमतिपत्रको परिक्षालाई मध्येनजर गर्दै बाजुराबाट सहभागी हुने प्रशीक्षार्थीलाइ निःशुल्क तयारी कक्षा संचालन गरिरहेको बुढीगंगा सिप विकास तथा प्रशिक्षण केन्द्रका कार्यकारी अधिकृत महेशराज जैशीले बताएका छन् ।
बुढीगंगा सिप विकास तथा प्रशिक्षण केन्द्रका प्रमुख जोशीका अनुसार निःशुल्क तयारी कक्षा संचाल गर्दा सुरुमा ३० जना बिद्यार्थी सहभागि भएका थिए । भने अहिले ७० जना भन्दा बढी प्रशिक्षार्थीहरु सहभागी भएका छन् ।
बुढीगंगा नगरपालिका र बुढीगंगा सिप विकास तथा प्रशिक्षण केन्द्रले सूरुवात गरेको निःशुल्क तयारी कक्षामा सहभागी विद्यार्थीहरुले पढाइ एकदमै प्रभावकारी रहेको बताएका छन् ।
निःशुल्क तयारी कक्षामा सहभागि लोकेन्द्र भण्डारीका अनुसार अहिले सम्म धेरै कुरा सिकेको र तयारी कक्षामा बिगतमा सोधिएका प्रस्नहरु र सम्भावित प्रश्नमाथि छलफल गर्दै बीच बीचमा आन्तरिक परिक्षा संचालन गरेर प्रशिक्षकहरुले कक्षा संचालन गरिरहेकोले हाम्रा लागि निःशुल्क तयारी कक्षा निकै फलदायी बनेको छ ।
नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख जयराज न्यौपाने र नायव प्राविधिक सहायक डम्म थापाले नै प्रशिक्षण गराई रहेकोले पनि तयारी कक्षामा सहभागिहरुको आकर्षण बढ्दै गएको हो पाइएको छ । यसले गर्दा सहभागि विधार्थीहरुको सफलतामा भूमिका खेल्ने विश्वास बुढीगंगा नगरपालिकाले लिएको छ ।
“एक महिनाको लागि सुरु गरिएको निःशुल्क तयारि कक्षा प्रभाबकारी हुँदै गएको र यसबाट अध्यापन अनुमतिपत्रको परिक्षामा सहभागी हुने विद्यार्थीलाई धेरै फाइदा पुगेको बुढीगंगा सिप बिकास तथा प्रशिक्षण केन्द्रका कार्यकारी अधिकृत जैशीको भनाई छ ।
निःशुल्क तयारी कक्षाको उद्घाटन कार्तिक ८ गते गरिएको थियो । उद्धघाटन कार्यक्रममा बुढीगंगा नगरपालिकाका नगर प्रमुख श्री राम बहादुर बानियाँले नगर उप–प्रमुख माया खड्का कँुवर, बडीमालिका क्याम्पसका क्याम्पस प्रमुख नरबहादुर कटुवाल लगायतको उपस्थितिमा रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु