होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भारतबाट हवाई रुटबारे प्रस्ट जवाफ आएन : पर्यटनमन्त्री पाण्डे
देश/प्रदेश

भारतबाट हवाई रुटबारे प्रस्ट जवाफ आएन : पर्यटनमन्त्री पाण्डे

  • नागरिक रैबार
भारतबाट हवाई रुटबारे प्रस्ट जवाफ आएन : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ —भैरहवा र पोखरामा ६५ अर्ब लागतमा निर्मित दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि हवाई रुट तथा अवतरण प्रणाली इन्स्ट्रुमेन्ट ल्यान्डिङ प्रणाली (आईएलएस) का विषयमा भारतीय समकक्षीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई आश्वासन मात्रै दिएका छन् ।

भारतको नयाँ दिल्लीमा बुधबार भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को एसिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनका क्रममा भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जरापुसँग भारतबाट भैरहवा र पोखरा प्रवेश गर्ने छोटो हवाई रुटबारे सम्मेलनको दोस्रो दिन कुराकानी भएको पर्यटनमन्त्री पाण्डेले सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

‘महेन्द्रनगरको लिमा–६२६ र भैरहवाको आकाशमाथि पर्ने ब्राभो–३४५ हवाई रुटलाई दुईतर्फी सञ्चालन गर्न मैले कुरा राखेको थिएँ,’ पर्यटनमन्त्री पाण्डले भने, ‘इमानदारीपूर्वक भन्नुपर्छ, ठ्याक्कै जवाफ त पाएनौं । तर उहाँले टेक्निकली थप छलफल गरौं भन्नुभएको छ ।’ अहिले यी दुई रुटबाट जहाज बाहिरिन्छन् । यी एकतर्फी मात्रै भएकाले नेपाल यी दुवैलाई दुईतर्फी बनाउन नेपालले भारतसँग वर्षौंदेखि आग्रह गर्दै आएको छ । तर भारतले सुनवाइ गरेको छैन । भारतबाट प्रवेश गर्ने सबै जहाज सिमरामाथिको आकाश भएर लामो रुटबाट काठमाडौं, भैरहवा र पोखरा पस्छन् ।

विज्ञापन

भारतीय पर्यटनमन्त्रीसँगको भेटमा भैरहवा र पोखरामा भारतीय वायुसेवा कम्पनीका विमान पठाउन पनि अनुरोध गरेको मन्त्री पाण्डेले जनाए । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि मन्त्रिपरिषद् बैठकले पारित गरेको कार्ययोजनाअनुसार अघि बढ्ने उनको भनाइ छ ।

भारतले हवाई रुट र भैरहवामा न्यून भिजिबिलिटीमा जहाज अवतरण गराउने इन्स्ट्रुमेन्ट ल्यान्डिङ प्रणालीबारे नेपालले व्यक्त गरेको चासोमा ठोस सुनुवाइ नगरेकै अवस्थामा मौजुदा रुटबाटै दुवै विमानस्थल सञ्चालन गर्ने गरी अन्तरमन्त्रालय समन्वय गरिने मन्त्री पाण्डेले जनाए ।

कान्तिपुरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै