होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका सांसद पाण्डे पर्यटन मन्त्रीमा नियुक्त
समाचार

बाजुराका सांसद पाण्डे पर्यटन मन्त्रीमा नियुक्त

  • नागरिक रैबार
बाजुराका सांसद पाण्डे पर्यटन मन्त्रीमा नियुक्त

नागरिक रैबार/बाजुरा ३१ असार। बाजुराबाट प्रतिनिधि सभामा निर्वाचित सांसद बद्रीप्रसाद पाण्डे नेपाल सरकारकाे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त भएका छन् ।

नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका पाण्डे नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा नियुक्त  भएका हुन् ।

काँग्रेसका सहमहामन्त्री पाण्डे पहिलो पटक मन्त्री बनेका हुन् । उनी २०७० सालको संविधान सभाको समानुपानिक सांसद,२०७४ मा राष्ट्रिय सभाका सदस्य पनि भइसकेका थिए ।

विज्ञापन

प्रत्यक्ष निर्वाचन प्रणालीबाट बाजुराबाट प्रतिनिधी सभामा निर्वाचित भएपछि पार्टीको गगन र शेखर कोइराला टिमबाट मन्त्री बनेका हुन् ।
उनले आज नै राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको सपथ लिएको छन् ।

नवनियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथपछि मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्ने भएका छन् ।

दुर्गम जिल्लाबाट राजनितिमा उदाएका पाण्डेले जिल्ला प्रदेश र केन्द्रमा आफ्नो छवि बनाउदै आएका छन् । बाजुराकाे हिमाली गाउँपालिकामा घर भएका पाण्डे राष्ट्रिय राजनितिमा प्रभाव राख्ने व्यक्ति हुन् ।

पाणडे मन्त्रीमा नियुक्त भएपछि जिल्लामा नेता तथा कार्यकर्ता र शुभचिन्तकहरु खुसि भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार