होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, पुस ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रपति रनिङ शिल्डको उपाधी कीर्तिचौर माविले उचाल्यो
देश/प्रदेश

राष्ट्रपति रनिङ शिल्डको उपाधी कीर्तिचौर माविले उचाल्यो

  • नागरिक रैबार
राष्ट्रपति रनिङ शिल्डको उपाधी कीर्तिचौर माविले उचाल्यो

बाजुराको गौमुल गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कीर्तिचौर माध्यमिक विद्यालयले उचालेको छ । मंसिर २७ गते विहीबारबाट सञ्चालन भएको प्रतियोगितामा १३ स्वर्ण, १० रजत, ४ काँस्य गरी कुल २७ पदक प्राप्त गर्दै प्रथम हुन सफल कीर्तिचौर माविले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी हात पारेको हो ।
प्रतियोगितामा बालविकास माध्यमिक विद्यालयल ८ स्वर्ण, ८ रजत र ४ काँस्य गरी २० पदकसहित दोस्रो र ७ स्वर्ण, ५ रजत, ५ काँस्य गरी १७ पदक प्राप्त गर्दै अम्लिस मावि तृतीय भएको छ ।
प्रतियोगितामा फूलपाटा माविले २ स्वर्ण, १ रजत र ९ काँस्य पदकसहित चौथो, मानाकोट माविले १ स्वर्ण, २ रजत र ७ काँस्यसहित पाँचौ र जनज्योति माविले ३ रजत, ३ काँस्यसहित छैटौं भएको खेल प्रशिक्षक दलबहादुर रोकायाले जानकारी दिएका छन् ।
गाउँपालिकाको केन्द्र घट्मुनामा रहेको खेलमैदनामा सटफूट, हाईजम्प, त्रिपलजम्प, एथलेटिक्स, कबड्डी, दौड, भलिबल लगायतका खेलहरु समावेशी भएको प्रतियोगितामा गाउँपालिकाभित्रका ६ विद्यालयका करिब छात्र, छात्रासहित ३ सय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा छनोट भएको खेलाडीहरु जिल्लास्तरीय रनिङ शिल्डमा भाग लिने गाउँपालिकाले जनाएको छ । शनिबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा विजेता खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया र सीता थापाले प्रदान गरेका थिए ।
अध्यक्ष रोकायाले पालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सौवार्द वतावरणमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । जिल्ला स्तरमा उत्कृष्ट खेल पदर्शन गर्न खेलाडीलाई अझै थप मेहनत गर्न उनले सुझाव दिएका छन् ।
युवाहरुलाई खेलुदतर्फ आकर्षित गर्न गाउँपालिकाले विद्यालयलाई खेलमैत्री बनाउँने र खेलको विकास गर्दै गाउँपालिकाबाट जिल्ला, प्रदेश हुँदै राष्ट्रिय खेलाडी उत्पादन गर्न गाउँपालिका लागि रहेको बताएका छन् ।
खेलकुदले विद्यार्थीलाई अनुशासित, लगनशिल, जिम्मेवार र राष्ट्रवादी बनाउँने बताउँदै आगामिक दिनमा खेलकुद प्रतियोगितालाई थप विस्तार गर्दै लैनाले बताए । केही मात्रामा अनुशासन र व्यवस्थापनमा स्वयंम विद्यालय कमजोर देखिएको आफूलाई महसुश भएको बताउँदै आगामीक दिनमा यसलाई सुधार गर्दै लैजान विद्यालयलाई सुझाव समेत दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार