नागरिक रैबार/बाजुरा १ चैत । नेकपा एमाले बाजुराको आज बस्ने भनिएकाे १२ औं जिल्ला कमिटीको बैठक स्थगित गरिएको छ ।
यहि चैत १६ र १७ गते हुने आठौं जिल्ला अधिवेशनकाे तयारीका लागि बाेलाईएकाे बैठकमा पदाधिकारी तथा सदस्यहरुको संख्या नपुगेपछि बैठक स्थगित गरिएको एमाले बाजुराले जनाएको छ ।
एमाले बाजुराका अनुसार अर्काे सूचना जारी नहुन्जेल सम्मका लागि आजकाे बैठक स्थगित गरिएको बुझिएको छ ।
आज बस्ने भनिएको जिल्ला कमिटीको बैठकले पार्टीको यहि चैत १६ र १७ गते हुने आठौं जिल्ला अधिवेशन केन्द्रित बैठक बाेलाएकाे थियो ।
१ सय १० बढी सदस्य रहेको जिल्ला कमिटीमा आजको बैठकमा ५० जना मात्रै सदस्यहरु सहभागि भएकोले बैठक स्थिगित गरिएको एक नेताले बताएका छन् ।
बैठकका लागि सदरमुकाममा पुगेका जिल्ला कमिटीका नेताहरू बैठक स्थगित भएपछि घर फर्किएका छन् ।
फेसबुक प्रतिक्रियाहरु