होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चितवन पहिरो अपडेट : भेटिएनन् त्रिशूलीमा हराएका बस, अब भोलिमात्रै खोजिने
समाचार

चितवन पहिरो अपडेट : भेटिएनन् त्रिशूलीमा हराएका बस, अब भोलिमात्रै खोजिने

  • नागरिक रैबार
चितवन पहिरो अपडेट : भेटिएनन् त्रिशूलीमा हराएका बस, अब भोलिमात्रै खोजिने

काठमाडौं । गएराति नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोका कारण यात्रुसहित त्रिशुलीमा बेपत्ता २ वटा बस खोजी कार्य स्थगित भएको छ ।

बिहानैबाट त्रिशुलीमा खसेका बस खोजिए पनि नभेटिएकाले आजलाई खोजी कार्य स्थगित गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए ।

अब भोलि बिहानबाट मात्रै बेपत्ता बस खोज्न सुरु गरिने न्यौपानले बताए ।‘नदीमा पानीको बहाव घटेको छैन । रातिको समयमा भएकाले जोखिम पनि हुने भयो’, उनले भने, ‘घटनास्थलबाट ३, ४ किलोमिटर वरपरसम्म खोज्दा पनि भेटिएन ।’
न्यौपानेका अनुसार त्रिशुलीमा हराएका बस खोज्न सशस्त्रका ४ वटा, नेपाल प्रहरीको एउटा गरी ५ मोटरबोट, गोताखोर टोली लगायत प्रयोग गरिएको थियो ।

विज्ञापन

भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै
देश/प्रदेश
हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै

काठमाडौं- सरकारले चिनियाँ मल्टिमिडिया सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध १० महिनापछि हटाउन लागेको छ । बिहीबार सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । उनले टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय बुधबार लिइसकेका छन् । टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिस्तरीय निर्णयपछि […]

  • २ हप्ता अगाडि