होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • एसईई पूरक परिक्षामा बाजुराबाट १ हजार ५ सय बढी विद्यार्थी सहभागि
शिक्षा

एसईई पूरक परिक्षामा बाजुराबाट १ हजार ५ सय बढी विद्यार्थी सहभागि

  • नागरिक रैबार
एसईई पूरक परिक्षामा बाजुराबाट १ हजार ५ सय बढी विद्यार्थी सहभागि
file photo

नागरिक रैबार/बाजुरा २३ साउन। माध्यमिक शिक्षा परीक्षा एसईईको मौका परीक्षा आजबाट सूरु भएको छ । परिक्षामा बाजुराबाट १ हजार ५ सय ८२ जना परिक्षामा सहभागी भएका छन् । जसमा ६ सय ८७ छात्र र ८ सय ९५ छात्रा हरु सहभागि छन् ।

यस अघिका वर्षहरुमा एसईईको पुरक परिक्षामा सहभागि हुने जिल्लाभरका विद्यार्थीहरुले सदरमुकाम मार्तडीमा आएर परिक्षा दिनु पर्ने पर्ने बाध्यता थियो । यस वर्षबाट भने विद्यार्थीहरुको सहजता लाई मध्येनजर गर्दै बाजुराका तीन क्षेत्रमा एसइइ मौका परिक्षा सञ्चालन भएको छ ।

यस बर्षको एसईईको मौका परीक्षामा कोल्टी क्षेत्र स्थित जनप्रकास मावि (क) मा १८ विद्यालयबाट २ सय ७५ र (ख) मा ४ विद्यालयबाट बाट २ सय ८४ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराका प्राविधिक सहायक टिकाराम जोशीले बताए ।

विज्ञापन

त्यस्तै मार्तडी स्थित मालिका माविमा ७ विद्यालयबाट २ सय ७३, क्रेटरजोन एकेडेमीमा १) विद्यालयबाट १ सय (३, भानोदय मावि केन्द्र (क) मा १५ विद्यालयबाट ३ सय ८६ र (ख) मा १४ विद्यालयबाट ३ सय (७ विद्यार्थी सहभागी भएका छन् ।

सरकारले यस वर्ष दुई वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) भएका विद्यार्थीलाई पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार