होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा पढ्दै सिक्दै कमाउदै कार्यक्रम अन्तरगत विद्यार्थीले बनाए डोका
समाचार

बाजुरामा पढ्दै सिक्दै कमाउदै कार्यक्रम अन्तरगत विद्यार्थीले बनाए डोका

  • नागरिक रैबार
बाजुरामा पढ्दै सिक्दै कमाउदै कार्यक्रम अन्तरगत विद्यार्थीले बनाए डोका

राजेन्द्र विक /बाजुरा २६जेठ। बाजुराको बडिमालिका नगरपालिकाले विद्यालयमा पढ्दै सिक्दै कमाउदै कार्यक्रमको अवधारणा ल्याएपछी विद्यार्थीहरु परम्परागत रुपमा गाउँघरमा प्रयोग हुँदै आएका सामग्रीहरु निर्माण गर्न थालेका छन्।

विद्यार्थीले निर्माण गरेका स्थानिय सामग्रीहरु नगरपालिकाले खरिद गरि बजारीकरण गरिदिने भएपछी विद्यार्थीहरु पढाइका साथ-साथै परम्परागत सिपको जगेर्ना गर्ने गरि सामग्री निर्माणमा जुटेका हुन्।

यसरी पढ्दै सिक्दै कमाउदै कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नेमा बडिमालिका नगरपालिका ३ स्थित चोयाकोट माध्यामिक विद्यालयका विद्यार्थीहरु अग्रस्थानमा रहेका छन्।

विज्ञापन

हाल चोयाकोट मावीका बिध्यार्थीहरु निगालो बाट डोका बनाउने कार्यमा लागेका छन्। कक्षा ६ देखि १० सम्मका बिध्याथीहरुले अतिरिक्त कृयाकलाप अन्तर्गत निगालोबाट बन्ने डोका निर्माण गरि बिक्री वितरणमा लागेका विद्यालयले जनाएको छ।

चोयाकोटका बिध्यार्थीहरुले प्रत्येक सुक्रबार पढ्दै कमाउदै कार्यक्रमको थालनी गरि ५० ओटा डोका बनाएर बडिमालिका नगरपालिकालाइ हस्तान्तरण गरिसकेको बिध्यालयका प्रधानाध्यापक गोरख थापाले बताउनु भयो।

विद्यालय बाट प्राप्त डोकाहरु नगरपालिकाले सरसफाई कार्यक्रमका लागि प्रयोग गर्ने र बजारमा डस्विनको ठाउँमा डोका राखिने बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताउनु भयो ।

चोयाकोट माद्यामिक विद्यालयको लगाव र बिध्यार्थीको मेहनेतले पढाइका साथै परम्परागत ज्ञान सीप हासिल गरि विद्यार्थीहरुले कमाइ पनि गर्दै आएको नगर प्रमुख खड्काले बताउनु भयो।

शुक्रबार गरिने अतिरिक्त कृयाकलाप अन्तरगत बडिमालिका नगरपालिकाका सबै विद्यालयमा बिध्यार्थीको आम्दानीमा समेत जोड दिदै पढ्दै सिक्दै कमाउदै कार्यक्रमको अवधारणा कार्यान्वयन गरिने बडिमालिका नगरपालिका शिक्षा शाखा प्रमुख रंगमल विकले बताउनु भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै