होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिका नगरपालिकाले खरिद गर्यो जेसिवि डोजर
Breaking News

बडीमालिका नगरपालिकाले खरिद गर्यो जेसिवि डोजर

  • नागरिक रैबार
बडीमालिका नगरपालिकाले खरिद गर्यो जेसिवि डोजर

नागरिक रैबार/बाजुरा २१ असार। बाजुराको बडीमालिका नगरपालिकाले नयाँ डोजर खरिद गरेको छ । नगरपालिकाभित्र भौतिक पूर्वाधार निर्माण तथा सडक निर्माण गर्न जेसिवि डोजर खरिद गरेको हो ।

नगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट डोजर खरिद गरिएको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताएका छन् । जेसिवि डोजर खरिदका लागि नगर सभाबाट ६० लाख छुट्याईएकोमा नगरपालिकाले ५६ लाख ९५ हजार रकममा डोजर खरिद गरेको उनले बताए ।

नगरपालिका भित्रका अवरुद्ध सडक खुलाउन तथा नयाँ सडक निर्माणका लागि डोजर खरिदपछि सहज हुने नगरप्रमुख अमरबहादुर खड्काले बताएका छन् ।

विज्ञापन

यसभन्दा अगाडि नगरपालिका भित्रका सडक निर्माण तथा मर्मत गर्नको लागि महँगो भाडा तिरेर अरुका मेसिन भाडामा लिएर काम गर्नु पर्ने वाध्यता थियो, अव नगरपालिकाले जेसिवि मेसिन खरिद गरेर संचालनमा ल्यायपछी विकास निर्माणका काममा काम गर्न सजिलो हुनेछ नगरप्रमुख खड्काले भने, ।

नगरपालिकाले १ वर्ष अगाडि सेवा क्षेत्रभित्रका कृषकहरुले उत्पादन गरेको तरकारीलाई बजारसम्म पुर्याउनका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । कृषि एम्वुलेन्सले नगरपालिका भित्र रहेका कृषकहरुका कृषि उपजहरु बजारसम्म निःशुल्क ढुवानी गर्दै आएको छ ।

May be an image of blueprint, ticket stub and text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार