एमाले वाग्मती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित
समाचार
एमाले वाग्मती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित
नागरिक रैबार
शनिबार, अशोज १३, २०८०
अ
अ
अ
काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । प्रतिस्पर्धी कृष्ण दाहाललाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् ।अध्यक्षमा निर्वाचित ढुंगेलले ६९६ मत पाए । उनका प्रतिस्पर्धी दाहालले ४३९ मत पाए । प्रदेश उपाध्यक्षमा दावा दोर्जे लामा निर्वाचित भए । उनले ६१५ मत पाए ।यस्तै, सचिवमा नवराज सिलवालले एक मतले बाजी मारे । नेपाल प्रहरीका पूर्वडीआईजी समेत रहेका सिलवालले ५६८ र हस्त पण्डितले ५६७ मत पाएका छन् । उपसचिवमा खुलातर्फ प्रेमबहादुर महर्जन र महिलातर्फ भक्तकुमारी लामाले जिते । महर्जनले ३६७ सहित जित निकाल्दा र लामाले ५९९ मत पाएर जितिन् ।ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान भएको थियो । एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको छ ।पहिलो प्रदेश अधिवेशनमा सर्वसम्मत रूपमा पदाधिकारी तथा सदस्य चयनको पहल भए पनि अन्तिममा शुक्रबार निर्वाचन भएको थियो । मतदानमा ११ सय ३५ मत खसेको थियो ।अध्यक्षमा निर्वाचित ढुंगेल एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंर पोखरेलनिकट मानिन्छन् । त्यस्तै उपाध्यक्षमा ढुंगेल समूहकै दावा दोर्जे लामा विजयी भए ।
फेसबुक प्रतिक्रियाहरु