होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रपतिमा सुवास नेम्वाङले गराए उम्मेदवारी दर्ता
समाचार

राष्ट्रपतिमा सुवास नेम्वाङले गराए उम्मेदवारी दर्ता

  • नागरिक रैबार
राष्ट्रपतिमा सुवास नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू पनिसँगै बानेश्वर पुगेका थिए । एमालेको शनिबार नै बसेको सचिवालयको बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उम्मेदवारी दर्तापछि उनले भने -‘मलाई पार्टीले राष्ट्रपतिमा अघि सारेको छ । मलाई खुसी लागेको छ । अहिले म जनताको पक्षमा छु । त्यसैले म सबैको तर्फबाट राष्ट्रपतिका उम्मेदवारका रूपमा अघि आएको छु । र,म त्यो दायित्व र जिम्मेवारी संविधानअनुसार पुरा गर्छु । हाम्रा विगतका राष्ट्रपतिको अधारसमेतलाई ध्यानमा राखेर जनताको राष्ट्रको जिम्मेवारी पूरा गर्छु ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै