होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चिनियाँ कम्युनिस्ट नेता च्या नेतृत्वको टोलीले देउवालाई आज भेट्ने, ओलीलाई भोलि
समाचार

चिनियाँ कम्युनिस्ट नेता च्या नेतृत्वको टोलीले देउवालाई आज भेट्ने, ओलीलाई भोलि

  • नागरिक रैबार
चिनियाँ कम्युनिस्ट नेता च्या नेतृत्वको टोलीले देउवालाई आज भेट्ने, ओलीलाई भोलि

काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीको उच्च राजनीतिक भेटघाट जारी छ । आइतबार नेपाल आइपुगेको चीनको कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी राजनीतिक ब्युरोका सदस्य युयान च्या च्युन नेतृत्वको टोलीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेको थियो ।

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भिडिओ वार्ता गरेको सो टोलीले सोमबार कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।सभापति देउवासँग दिउँसो साढे २ बजे देउवा निवासमा भेटवार्ताका लागि समय तय भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने चिनियाँ टोलीले मङ्गलवार बिहान भेटवार्ता गर्ने कार्य तालिका रहेको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओली कम्बोडिया भ्रमणबाट सोमबार राति स्वदेश फर्कदैछन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले चिनियाँ टोलीले अध्यक्ष ओलीसँग मङ्गलवार बिहान १० बजे भेटवार्ता गर्ने कार्य तालिका पहिला नै तय भएको जानकारी दिए ।यसैबीच सोमबारै दिउँसो २ बजे होटल मेरियटामा हुने कार्यक्रममा सहभागी हुने चिनियाँ टोली भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्ने बुझिएको छ । राताेपाटी बाट 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै