होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मौद्रिक नीतिको धेरै पक्ष राम्रो छ : महत
समाचार

मौद्रिक नीतिको धेरै पक्ष राम्रो छ : महत

  • नागरिक रैबार
मौद्रिक नीतिको धेरै पक्ष राम्रो छ : महत

बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताएका छन् । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले धेरै राम्रो पक्ष रहेको मन्त्री महतले दाबी गरेका हुन् ।

सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पोलिसी रेट ६.५ प्रतिशत तोक्दा बैंकले ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुँजी प्रवाह बढ्ने जिकिर गरे ।यस्तै जग्गा कारोबार पनि सहज हुने उनको भनाई थियो ।

आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन पक्राउ परेको दाबी गर्दै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने ढुक्क हुन आग्रह गरे । सुन बरामद प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कांग्रेस सांसद डा. सुनिल शर्माको अभिव्यक्तिबारे पत्रकारको राखेको जिज्ञासा महतले शर्माको अस्पतालले स्वास्थ्य बीमा बोर्डको बीमा रकम नपाएका कारण मनपरी बोलेको प्रस्टाए । उनले मनपरी बोल्ने चलन धेरै रहेको बताउँदै प्रमाण बिना यस्तो बोल्न नहुने बताए ।

विज्ञापन

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतले पार्टी बैठकमा एउटा कुरा गर्ने अनि बाहिर आएर अर्को हङ्गामा गर्ने भएकाले पार्टी सभापतिले बैठक लाइभ गर्ने निर्णय गरेको बताए । पार्टीको बैठक लाइभ गर्ने निर्णयले अहिले राम्रो भएको उनको भनाई थियो । तर सधैँ गर्ने नगर्न भन्ने बारे भने आवश्यकता अनुसार निर्णय गरिने उनले बताए । राताेपाटी बाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै