होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • समृद्ध समाजवाद निर्माण गर्न सबै कम्युनिस्ट एक ठाउँमा आउनुपर्छ : वामदेव गौतम
राजनीति

समृद्ध समाजवाद निर्माण गर्न सबै कम्युनिस्ट एक ठाउँमा आउनुपर्छ : वामदेव गौतम

  • नागरिक रैबार
समृद्ध समाजवाद निर्माण गर्न सबै कम्युनिस्ट एक ठाउँमा आउनुपर्छ : वामदेव गौतम

काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक-दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताए ।

उनले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिस्ट मोर्चाहरू मिलेर मात्रै सम्भव रहेको बताए । उनले लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवादको लागि सबै नेपाली कम्युनिस्टहरू एउटा मोर्चामा आउन जरुरी रहेको बताए ।

गौतमले समाजवादी मोर्चामा दुई÷तीन वटा पार्टी मात्रै नभई नेकपा एमाले, मोहन वैद्य, लगायतका अन्य छरिएर रहेका कम्युनिस्ट पार्टीहरू एक हुनुपर्ने बताए ।नेता गौतमले पुष्पलालले देखेको सपना साकार पार्न कम्युनिस्ट पार्टीहरू एक भएर शक्ति आर्जन गर्नुपर्नेमा जोड दिए । राताेपाटी बाट 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार