होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • जितनारायण भन्छन्– सकारात्मक प्रतिक्रियाबाट उत्साहित छु
राजनीति

जितनारायण भन्छन्– सकारात्मक प्रतिक्रियाबाट उत्साहित छु

  • नागरिक रैबार
जितनारायण भन्छन्– सकारात्मक प्रतिक्रियाबाट उत्साहित छु

चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले आफ्नो पक्षमा सकारात्मक माहोल रहेको दाबी गरेका छन् । मतदानस्थल पुग्दा आफ्नो पक्षमा उत्साहजनक स्थिति बनेको पाएको उनको भनाइ छ ।

पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले उपनिर्वाचनमा हाम्रै भाइ, हाम्रै छिमेकी, हाम्रै दाइ, हाम्रै छोराले चुनाव लड्या छ भन्ने ढंगबाट रेस्पोन्स पाउँदा उत्साहित भएको बताए । ‘मतदाताहरुको आँखामा आँखा जुधाएर हेर्दा पनि निर्वाचन जित्ने कुरामा विश्वस्त छु,’ श्रेष्ठले भने ।

नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन् । उनको प्रतिस्पर्धा रास्वपाका पार्टी सभापति रवि लामिछाने र नेकपा एमालेका रामप्रसाद न्यौपानेसँग भइरहेको छ ।

विज्ञापन

११ मतदान स्थलमा पुगिसकेको र सबै ठाउँबाट सकारात्मक प्रतिक्रिया पाइरहेको श्रेष्ठले बताए । तर उपनिर्वाचनमा आम निर्वाचनमा जस्तो मत नखस्ने अनुमान गरिएको उनले बताए ।

उपनिर्वाचन सीमित ठाउँमा मात्र भएकाले कतिपय मतदाताहरुलाई विदा लिएर भोट हाल्न आउन नसक्ने स्थिति भएकाले पनि विगतको जस्तो भोट यसपटक नखस्ने उनको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ हप्ता अगाडि