होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • कोल्टीमा ३ दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने
समाज

कोल्टीमा ३ दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने

  • नागरिक रैबार
कोल्टीमा ३ दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने
file photo

नागरिक रैबार/बाजुरा ९ बैशाख। जिल्लाको बुढीनन्दा नगरपालिका २ स्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ३ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ ।

बुढीनन्दा नगरपालिकाको आयोजना र एकएक पाइला, गेटा आखा अस्पतालको समन्वयमा उक्त निःशुल्क बृहत स्वास्थ्य शिविर हुने भएको हो ।

पुर्वीउत्तरी क्षेत्रका नागरिकहरुको स्वास्थ्य समस्यालाई मध्येनजर गर्दै बुढीनन्दा नगरपालिकाले यहि बैशाख २४ गतेदेखि २६ गतेसम्म सो शिविर संचालन गर्न लागेकाे बुढीनन्दा नगरपालिकाका नगरप्रमख जनक कुमार बोहराले बताएका छन् ।

विज्ञापन

३ दिनसम्म संचालन हुने उक्त शिविरमा आँखा रोग सेवा (मोतिबिन्दुको निःशुल्क शल्यक्रिया, जेनेरल मेडिसिन, छाला रोग सेवा, नाक, कान, घाटी रोग सेवा साथै शल्यक्रिया, स्त्री तथा प्रसुती रोग सेवा, दाँत रोग सेवा, सामान्य शल्यक्रिया सेवा, कलेजो रोग सेवा, हाड तथा जोर्नी रोग सेवा, बाल रोग सेवा, प्याथोलोजी सेवा, रेडियोलोजी सेवा, इन्डोस्कोपी सेवा र फार्मेसी सेवा प्रदान गरिने बुढीनन्दा नगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार