होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बडीमालिका-३ मा शुभकामना आदानप्रदानसंगै बाटो मर्मत
बडीमालिका

बडीमालिका-३ मा शुभकामना आदानप्रदानसंगै बाटो मर्मत

  • नागरिक रैबार
बडीमालिका-३ मा शुभकामना आदानप्रदानसंगै बाटो मर्मत

नागरिक रैबार/बाजुरा ४ कार्तिक।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ३ ले दशैंको अवसरमा शुभकामना आदानप्रदान संगै वर्षातमा भत्केको बाटो मर्मत गरेको छ । ३ नम्वर वडाको आयोजनामा गरिएको शुभकामना आदानप्रदान कार्यक्रमसंगै मार्तडीदेखि रजाली जाने खारगाडा खोलामा वर्षातमा भत्केको बाटो मर्मत गरिएको हो ।

वर्षातको समयमा खारगाडा खोलामा आएको बाढीले बाटो भत्काएपछि रजालीबासीले सदरमुकाम मार्तडी आउन जान निकै कष्ट खेप्दै आएका थिए । रजालीबासीको दैनिक आवत जावतलाई मध्येनजर गर्दै वर्षातमा भत्केको बाटो वडा नम्वर ३ का स्थानीयको सक्रियतामा मर्मत गरिएको अनेरास्ववीयु बाजुरा क्याम्पस कमिटी अध्यक्ष तथा स्थानीय प्रकाश खड्काले बताएका छन् ।
No description available.

वडा अध्यक्ष डबल बहादुर रोकायाको अध्यक्षतामा सन्चालन शुभकामना आदानप्रदान कार्यक्रमसंगै बाटो मर्मत कार्यमा वडा सदस्य धन बहादुर रोकाया, पुर्व वडा अध्यक्ष बिरबहादुर रावल अनेरास्ववियु बाजुरा क्याम्पस कमिटी अध्यक्ष प्रकाश बहादुर खड्का, शहरी स्वास्थ केन्द्र इन्चार्ज दिपु न्यौपाने, टोल बिकास समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार