होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सारुक आत्महत्या प्रकरण : ह्यासट्याग मायाको निर्माता र निर्देशकसँग प्रहरीको सोधपुछ
समाचार

सारुक आत्महत्या प्रकरण : ह्यासट्याग मायाको निर्माता र निर्देशकसँग प्रहरीको सोधपुछ

  • नागरिक रैबार
सारुक आत्महत्या प्रकरण : ह्यासट्याग मायाको निर्माता र निर्देशकसँग प्रहरीको सोधपुछ

काठमाडौँ । अभिनेता शारुक ताम्राकारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट कुरिरहेको प्रहरीले सारुकका निकटस्थहरूसँग सोधपुछ गर्न थालेको छ ।

प्रहरीले चलचित्र ‘ह्यासट्याग माया’को निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग सोधपुछ गरेको छ । निर्माता र निर्देशकसँग सोधपुछ गरेर ‘कागज’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सिताराम रिजालले  बताए ।

रातोपुलमा रहेको आफ्नो घरमा मृत भेटिएका सारुक चलचित्र ‘ह्यासट्याग माया’ मा अभिनय गरिरहेका थिए । नायिका नम्रता श्रेष्ठ पनि ह्यासट्याग मायामा अभिनय गरिरहेकी छिन् । तर, सुटिङ आधा पनि नसकिँदै ताम्राकारले संसार छाड्ने निर्णय लिए ।

विज्ञापन

सारुकको मोबाइल परीक्षण रिपोर्ट आउन कम्तीमा दुई साता लाग्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

निर्माता राजीव गुरुङले प्रहरीलाई छायाङ्कन भइरहेको चलचित्र ‘ह्यासट्याग माया’ सँग सम्बन्धित कुराहरू जानकारी गराएको बताए । उनले कुरा गर्दै गुरुङले भने–‘फिल्मसँग सम्बन्धित कुराहरू बताएको छु ।’

निर्माता र निर्देशकलाई प्रहरी वृत्त मालिगाउँका अनुसन्धान अधिकृतहरूले बयान लिएका हुन् । सारुकलाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरिएको थियो वा थिएन भन्नेबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । एसपी रिजाल भन्छन्–‘अनुसन्धानको कुनै पनि कसर बाँकी राखेका छैनौँ, विभिन्न विधिबाट अनुसन्धान हुँदै छ ।’ राताेपाटी बाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै