होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एकीकृत समाजवादीले तीन मन्त्रालयको दाबी नछाड्ने
देश/प्रदेश

एकीकृत समाजवादीले तीन मन्त्रालयको दाबी नछाड्ने

  • नागरिक रैबार
एकीकृत समाजवादीले तीन मन्त्रालयको दाबी नछाड्ने

काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनपछि हुने मन्त्रिमण्डल पुनर्गठन नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालय नछोड्ने गरी दाबी गर्ने भएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले अब हुने मन्त्रिमण्डल पुनर्गठनमा आफ्नो पार्टीले तीनवटा मन्त्रालय पाउने गरी गठबन्धनको बैठकमा दाबी गर्ने बताए ।

‘कांग्रेसले राष्ट्रपति पायो, माओवादीले प्रधानमन्त्री र जसपाले उपराष्ट्रपति पाउने गरी हामी लागेका छौ । यस्तो अवस्थामा अब हामीले रोजेको मन्त्रालय पाउनुपर्छ’, नेता पाण्डेले भने, ‘अर्थ, गृह र भौतिक योजनाजस्ता मन्त्रालयमा हाम्रो स्वतः दाबी रहन्छ । हामी तीनभन्दा कम मन्त्रालय लिएर सरकारमा जाँदैनौ ।’

नेता पाण्डेले अरूले छोडेका मन्त्रालयमा आफ्नो पार्टीले चित्त बुझाउन नसक्ने पनि बताए । ‘अरूले जुन मन्त्रालय छोड्छन् त्यसमा हामीले चित्त बुझाउने अवस्था छैन । किनभने प्रमुख पदहरूमा हामीले कांग्रेस, माओवादी र समाजवादीलाई सहयोग गरेका छौ । त्यस्तो अवस्थामा हामीले मन्त्रालय रोज्न पाउनुपर्छ’, पाण्डेको भनाइ छ । यद्यपि उनले मन्त्रालय भागबन्डाबारे सत्ता गठबन्धनको बैठकमा छलफल हुन बाँकी नै रहेको बताए ।

नेता पाण्डेका अनुसार एकीकृत समाजवादीबाट कसलाई सरकारमा पठाउने भन्ने निर्णय चैत ५ गते सचिवालय बैठक बसेर निर्णय गर्ने बताए । ‘सम्भवतः चैत ५ गते सचिवालय बैठक बस्छ, त्यो बैठकमा सरकारमा जाने पात्रबारे छलफल हुन्छ’, पाण्डेको भनाइ छ ।

नेकपा एकीकृत समाजवादीमा नेता पाण्डेसहित प्रकाश ज्वाला, भानुभक्त जोशी, धनबहादुर बुढा मन्त्रीका आकांक्षी छन् । त्यस्तै राष्ट्रियसभा सदस्य बेदुराम भुसाल पनि मन्त्रीका आकांक्षी भएकाले भुसालको नेतृत्वमा सरकारमा पठाउनुपर्छ मत रहेको समाजवादीका नेताहरूको भनाइ छ । उपराष्ट्रपतिको निर्वाचन पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएर मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् । एमाले र राप्रपा सरकारबाट बाहिरिँदा प्रधानमन्त्री प्रचण्डको काँधमा १६ वटा मन्त्रालय छन् । रातोपाटीबाट

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ८ घन्टा अगाडि