होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका १४ सय बढी भुकुम्प पीडितलाई राहत वितरण
समाचार

बाजुराका १४ सय बढी भुकुम्प पीडितलाई राहत वितरण

  • नागरिक रैबार
बाजुराका १४ सय बढी भुकुम्प पीडितलाई राहत वितरण

नागरिक रैबार/बाजुरा ३ फागुन। बाजुराका १४ सय बढी भुकुम्प प्रभावित परिवारहरुलाई परिवारलाई सयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपिए) ले राहत वितरण गरेको छ ।

गएको माघ १० गते दिउसो २ः४३ बजे बाजुराको हिमाली गाउँपालिकाको विच्छ्यालाई केन्द्र बिन्दु बनाई गएको ५.९म्यग्निच्युडको भुकुम्पबाट प्रभावित १४ सय ५० परिवारलाई युएनएफपिएको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी तथा जिल्ला विपद व्यवस्थापन समितिको सहकार्यमा राहत सामग्री वितरण गरिएको युएनएफपिएका कार्यक्रम संयोजक आत्माराम न्यौपानेले बताएका छन् ।

No description available.

विज्ञापन

उनका अनुसार जिल्लाका बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकाका करिब चौध सय पचास भुकम्प प्रभावित व्यक्तिहरुलाई ६०० थान मर्यादा सामाग्री, ३०० थान किशोरी सामग्री, ३०० थान सोलार लाईटर १५०थान त्रिपाल, तथा जिल्ला अस्पताल बाजुरालाई प्रजनन स्वास्थ्य सामग्रीहरु समेत गरि करिव चालिस लाख बराबरको सामग्रीहरु सहयोग गरिएको हो ।

No description available.

विपदको समयमा महिला तथा किशोरीहरुको विशेष आवश्यकताहरु ओझेलमा पर्ने र यौन तथा प्रजनन स्वास्थ्य अधिकार तथा सेवाको पहुँचमा बाधा उत्पन्न भई सेवा प्रवाहमा कमि आउन सक्ने भएकोले भुकुम्प प्रभावित परिवारलाई युएनएफपिएले राहत सहयोग गरेको हो ।

No description available.

यसै गरी युएनएफपिएले भुकुम्प प्रभावित परिवारका महिला तथा किशोरी, सुत्केरी, गर्भवति र जोखिम्मा परेका महिला, अपाङगलाई मध्येनजर गर्दै भुकुम्प प्रभावितहरुको घरदैलोमै पुगेर व्यक्तिगत सरसफाई र यौन तथा प्रजनन स्वास्थ्य हेरचाहका सामग्रीहरु प्रदान गरिनुका साथै विपदको समयमा बढ्न सक्ने लैगिक हिँसाका घटनाहरु लक्षित गरि लैंगिक हिँसा प्रभावितहरुले सेवा लिन सक्ने स्थानहरु र प्राप्त गर्न सक्ने सेवाहरु समेटेर लैगिक हिँसा प्रेषण पद्दतिका बारेमा सचेतना समेत दिएको छ ।

No description available.

त्यसै गरि जिल्ला अस्पताल बाजुराको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC तथा CMC नेपाल लगायतका संस्थाहरुको सहयोगमा भुकम्प प्रभावितहरुलाई सामुहिक रुपमा पुर्व-प्राथमिक मनोसामाजिक परामर्श (एकychosocial first–aid) सेवा पनि प्रदान गरिएको छ।

No description available.

विपदको समयमा पनि महिला तथा किशोरीहरुको व्यक्तिगत स्वास्थ्य,सुरक्षा तथा मर्यादा पूण र्यौन तथा प्रजनन स्वास्थ्य अधिकारको उपभोगमा प्रदान गरिएको मर्यादा तथा किशोरी सामग्रीहरुले सहयोगी भूमिका खेल्नुका साथै सम्भावित लैगिक हिँसाका घटनाहरुमा कमि ल्याउनमा मद्दतगर्ने युएनएफपिएका कार्यक्रम संयोजक न्यौपानेले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार