होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड भोलि नेपाल आउँदै
समाचार

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड भोलि नेपाल आउँदै

  • नागरिक रैबार
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड भोलि नेपाल आउँदै

काठमाडौँ । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालको एक दिवसीय भ्रमणमा आउने भएका छन् । नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्ड शुक्रबार (जुलाई १४) नेपाल भ्रमणमा आउन लागेका हुन् ।

नेपाल भ्रमणका क्रममा मन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थाका प्रतिनिधिसँग पनि भेटघाट गर्ने जनाइएको छ ।

डोनाल्ड केही दिनदेखि भारत, बङ्गलादेश र श्रीलंकाको भ्रमणमा निस्केका छन् । सोही क्रममा उनी नेपाल आउन लागेको बताइएको छ । नेपालका लागि उनको यो तेस्रो भ्रमण हो । यसअघि उनी २०७९ साउन १२ गते तीन दिने नेपाल भ्रमणमा आएका थिए ।संसदमा एसपीपीको विवाद चलिरहेको बेला उनले नेपाल भ्रमण गरेका थिए । त्यसबेला उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री नारायण खड्कालगायतका अधिकारीलाई भेटेका थिए । पहिलोपटक उनी २०७८ मंसिरमा नेपाल आएका थिए ।

विज्ञापन

त्यसबेला एमसीसी विवाद संसदमा चलिरहेको थियो । नेपालमा एसपीपी विवाद अझै समाधान भएको छैन । राताेपाटी बाट 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै