होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राजकीय सम्मानसहित सीता दाहालको पशुपतिमा अन्त्येष्टि गरिँदै
समाचार

राजकीय सम्मानसहित सीता दाहालको पशुपतिमा अन्त्येष्टि गरिँदै

  • नागरिक रैबार
राजकीय सम्मानसहित सीता दाहालको पशुपतिमा अन्त्येष्टि गरिँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको शव पशुपति आर्यघाट लगिएको छ।उनको केही बेरपछि राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको छ।

प्रधानमन्त्री पत्नी सीतालाई अन्तिम श्रद्धाञ्जली दिन उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका अधिकारीहरू र माओवादी केन्द्रका समर्थक तथा शुभेच्छुकहरू पशुपति आर्यघाट पुगेका छन्।

आज बिहान ८ः३३ बजे निधन भएकी सीताको शव श्रद्धाञ्जलीका लागि ११ बजेदेखि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो।प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन राजनीतिक दलका शीर्ष नेता, सरकारी अधिकारीहरू पेरिसडाँडा पुगेका थिए।

विज्ञापन

दुर्लभ र जटिल प्रकारको नसासम्बन्धी रोगबाट गुज्रिएकी सीता दुई वर्षयता प्रतिक्रियाविहीन थिइन्।२०७४ साल मंसिरमा छोरा प्रकाश बितेयता उनी बौरिन सकेकी थिइन्। प्रधानमन्त्री प्रचण्ड पत्नी सीतालाई पछिल्लो समय पेटमा पाइप राखेर खाना दिइँदै आएको थियो।

उनको उचारमा संलग्न प्राध्यापक डाक्टर युवराज शर्माका अनुसार प्रधानमन्त्री पत्नी सीतालाई बुधबार बिहान सास फेर्न कठिन भएपछि नर्भिक अस्पताल ल्याइएको थियो। सेताेपाटी बाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै