होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • सतर्कता अपनाउन बाजुराबासीलाई प्रशासनको आग्रह
समाज

सतर्कता अपनाउन बाजुराबासीलाई प्रशासनको आग्रह

  • नागरिक रैबार
सतर्कता अपनाउन बाजुराबासीलाई प्रशासनको आग्रह

नागरिक रैबार/बाजुरा २६ साउन।भोलि २७ देखि २९ गतेसम्म मनसुन सक्रिय रहने भएकोले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाबासीलाई आग्रह गरेको छ ।

प्रशासनले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै २७ गते शनिबार देखि २९ गते सोमबार सम्म देशभका पहाडी भु-भागमा अत्याधिक वर्षासंगै पहिरो जान सक्ने र खोलानालाहरु बढेर बाढी आउन सक्ने जोखिम् भएकोले यसबाट आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन जिल्लाबासीलाई अनुरोध गरेको हो ।

पहाडी क्षेत्रमा बाढीपहिरोले दैनिक जनजिवन, सडक र हवाई यातायात सेवा समेत प्रभावित हुन् सक्ने भनि जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको मनसुन बुलेटिन ४ अनुसार प्रशासनलाई जानकारी आएकोले बाजुराबासीलाई सो अवधिसम्म सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काद्धारा हस्ताक्षरित सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

विज्ञापन

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै