नागरिक रैबार/बाजुरा २४ भदाै। बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग बल्देमा खसेको पहिरोका कारण अवरुद्ध बनेको छ । हिजोदेखिको निरन्तरको वर्षातका कारण बल्देदवारी क्षेत्रमा पहिरो खसेपछि साँफे–मार्तडी सडक अवरुद्ध बनेको हो ।
लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा अवरोध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । वर्षा रोकिएपछि सो क्षेत्रमा खसेको पहिरो हटाएर सडक सचालनका लागि प्रयास भइरहेको प्रहरीको भनाई छ । बल्दे दवारी क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध बनेपछि सदरमुकामभित्रिने र सदरमुकामबाट बाहिरिने सवारी साधान र यात्रुहरु विचबाटोमै अलपत्र परेका छन् ।
फेसबुक प्रतिक्रियाहरु