होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • सानु भण्डारीले बयानमा भने– ‘बालकृष्ण खाणलाई गृह मन्त्रालयमा गएर पैसा बुझायौँ’
देश/प्रदेश

सानु भण्डारीले बयानमा भने– ‘बालकृष्ण खाणलाई गृह मन्त्रालयमा गएर पैसा बुझायौँ’

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सानु भण्डारीले बयानमा भने– ‘बालकृष्ण खाणलाई गृह मन्त्रालयमा गएर पैसा बुझायौँ’

 ललितपुर महानगरपालिका वडा नम्बर–२३ का स्थानीय सानु भण्डारी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने धन्दामा संलग्न आरोपमा थुनामा छन् । महालक्ष्मी नगरपालिका–४ स्थित सितापाखा हाइटमा बस्दै आएका तिनै भण्डारीको बयानको आधारमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।

बुधवार एसएसपी डा.मनोज केसी नेतृत्वको प्रहरीले उनलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेर टेकुस्थित प्रहरी परिसरमा राखेको छ । ५० वर्षीय भण्डारीले टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीको नाम पनि बयानमा खुलाएका थिए । उनकै बयानको आधारमा सन्दीप पक्राउ परेका छन् । एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

चैत १२ मा पक्राउ परेका भण्डारीले तत्कालीन गृहमन्त्री खाणलाई मन्त्रालयमा गएर पैसा बुझाएको बयान दिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । प्रहरीसँगको बयानमा सानुले भनेका छन्– ‘बालकृष्ण खाण र टेकनारायण पाण्डेलाई मन्त्रालयमै लगेर पैसा बुझाएका थियौँ ।’

विज्ञापन

शरणार्थीको नाममा ठगेको आरोपमा थुनामै रहेका केशव दुलालमार्फत १ करोड २५ लाख रुपैयाँ गृह मन्त्रालयमा लगेर बुझाएको उनले अनुसन्धान अधिकृतहरूलाई बताएका हुन् । बयानमा उनले भनेका छन्– ‘मन्त्री खाण र सचिव पाण्डेका लागि एकमुष्ट १ करोड २५ लाख लगेर दिएका थियौँ ।’ १ करोड २५ लाख नगद खाण र पाण्डेले लिएको बयानसँगै प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सचिव टेकनारायण पाण्डे पनि थुनामा छन् ।

आफूलाई भुटानी शरणार्थीबारे जानकारी नभए पनि मोरङ घर भएका केशव दुलालमार्फत ३ वर्षदेखि यसबारे काम गरिरहेको उनले बयानमा बताएका छन् । बयानमा भण्डारीले भनेका छन्– ‘मलाई आइडिया थिएन, दुलालले यसो गरौँ भनेपछि अलिअलि भएको पैसा लगानी गरेर यसमा लागेको हुँ ।’ अमेरिका पठाउने आश्वासन आफूले ५० जनासँग पैसा उठाएको र घर जग्गा बेचेर गृहमन्त्री र सचिवलाई ‘घुस रकम’ दिएको बयान दिएका छन् । शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १२ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै