होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बालेन भारतमा, कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
Breaking News

बालेन भारतमा, कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

  • नागरिक रैबार
बालेन भारतमा, कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ । नेपालको इतिहास कसैले मेटेर मेट्न नसकिने भन्दै बालेनले उक्त नक्सा राख्न लगाएका हुन् ।

राष्ट्रियसभा गृहस्थित मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको बालेनका स्वकीय सचिव भूपदेश साहले जानकारी दिए ।बालेन साह यतिबेला भारतको बैंगलोरमा छन् । उनको निर्देशनमा सचिवालयले ग्रेटर नेपालको नक्सा राखेको स्वकीय सचिव साहले बताए ।

नेपालको गर्विलो इतिहास छ । त्यो इतिहास झल्काउने नक्सा राखिएको हो । मेयर सापकै निर्देशनमा राखेका हौं ।’ स्वकीय सचिव साहले भने ।भारतले आफ्नो संसदमा ग्रेटर इण्डियाको नक्सा राखेको छ । त्यसमा नेपालका लुम्बिनी र कपिलवस्तु समेत समेटिएका छन् । भारतको उक्त कदमको नेपालमा चर्को विरोध भइरहेको छ ।

विज्ञापन

आम सर्वसाधारणको तर्फबाट भारतको उक्त कदमको विरोध भइरहेको बेला मेयर बालेनको कार्यकक्षमा भने ग्रेटर नेपालको नक्सा राखिएको हो । उक्त नक्सामा सुगौली सन्धि हुनु अघिको नेपाली भूभाग समेटिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार