होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अर्थमन्त्रीज्यू चुरे नबेच्नुस्, आगो बल्छ : रघुजी पन्त
समाचार

अर्थमन्त्रीज्यू चुरे नबेच्नुस्, आगो बल्छ : रघुजी पन्त

  • नागरिक रैबार
अर्थमन्त्रीज्यू चुरे नबेच्नुस्, आगो बल्छ : रघुजी पन्त

काठमाडौँ । नेकपा एमालेको सांसद रघुजी पन्तले नेपालको चुरे पर्वतको खनिज सामग्री नबेच्न अर्थमन्त्रीलाई सचेत गराएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पन्तले देशको प्राकृतिक स्रोत साधन निर्यात गरेर देशको खर्च धान्न नसकिने बन्दै चुरे पर्वत नचलाउन चेतावनी दिएका हुन् । चुरे चलाए देशमा आगो बल्ने सांसद पन्तले चेतावनी दिए ।

यस्तै उनले नेपाल श्रीलंका र पाकिस्तान जस्तो बन्ने हो कि भन्ने खतरा रहेको बताए । अहिले नेपालको आर्थिक सूचकाङ्कहरू कुनैपनि सकारात्मक नरहेको बताउँदै सांसद पन्तले भने,‘न निजी क्षेत्र बलियो छ, न सरकारी क्षेत्र बलियो छ, सहकारीलाई त यो बजेटले सम्बोधन नै गरेकै छैन । यो बजेटमा समाजवाद भन्ने शब्द नै उहाँले बिर्सिदिनु भएको छ ।

विज्ञापन

समाजवाद शब्द राख्दैमा अहिल्यै समाजवादमा पुगिने कुरामा विश्वास त राख्दिन तर राष्ट्रिय पुँजीको व्यवस्था त अहिलेदेखि नै गर्नुपर्‍यो । देङ सायो पिङ, टाट पल्टिएको, अनिकाल लागेको मुलुकमा पार्टी सत्तामा गएको थियो, प्रभावशाली भएका थिए । जुन बेला पिवि नर्सिंह राव प्रधानमन्त्री र मनमोहन सिंह अर्थमन्त्री भए मुलुकको हालत त्यही थियो । तर उनीहरुले एउटा सपना देखे ।’

उनले बजेट देशको सपना देख्ने माध्यम भएको बताउँदै साग बेच्ने पसलेदेखि अर्बपतिसम्मलाई सम्बोधन गर्न सक्षम हुनुपर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार