होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • Uncategorized
  • प्रधानमन्त्री प्रचण्ड भन्छन्– सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, कुनै दिन प्रमाण देखाउँछु
Uncategorized

प्रधानमन्त्री प्रचण्ड भन्छन्– सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, कुनै दिन प्रमाण देखाउँछु

  • नागरिक रैबार
प्रधानमन्त्री प्रचण्ड भन्छन्– सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, कुनै दिन प्रमाण देखाउँछु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेक–लिम्पियाधुराको समस्या समाधान गर्न अरूले सट्टापट्टाबारे निर्णय नै गरेको बताएका छन्।

राष्ट्रिय सभाको बुधबारको बैठकमा भारत भ्रमणबारे सांसदले उठाएको प्रश्नको प्रष्टीकरण दिँदै उनले त्यसबारे कुनै दिन प्रमाणै देखाउने बताएका छन्।

‘नेपालको राष्ट्रको अहित यहाँ भयो भन्ने ठाउँ कहीँ छैन। साथीहरूले भन्नुभयो–सट्टापट्टा। मैले भनेकै होइन, मैले विगतदेखि यो तर्क पनि छ भनेँ, पत्रकारहरूसँग,’ उनले भने, ‘मैले अहिले ठ्याक्कै प्रमाण त देखाउन सकिनँ अहिले, सायद समय आउँछ, प्रमाण पनि देखाउँछु। अहिले जो-जो पार्टी नेताहरूले यो सट्टा भन्ने शब्द आँ..पनि गर्नुहुन्थेन भन्नुभएको छ, उहाँहरूले सट्टाको निर्णय गराउनु भएको छ।’

कुनै दिन समय आउने उनले बताए। भ्रमण र त्यहाँ भएको समझदारीप्रति आफूलाई गर्व नै भएको बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार