होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा भालुको आक्रमणबाट एकै किसानका २५ बाख्रा मरे
Breaking News

बाजुरामा भालुको आक्रमणबाट एकै किसानका २५ बाख्रा मरे

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा भालुको आक्रमणबाट एकै किसानका २५ बाख्रा मरे

बाजुराः बाजुरामा भालुको आक्रमणबाट २५ बाख्रा मरेका छन्।जिल्लाको हिमाली गाउँपालिका–१ टिनका वीरबहादुर बोहराका ३० बाख्रा भालुको आक्रमणमा परेका हुन्। साथै भालुको आक्रमणबाट पाँच बाख्रा घाँइते भएका छन्। बिहीबार दिउँसो गैरी पाटनको जंगलमा चरिरहेको बेला जंगली भालुले आक्रमण गरी बाख्रा मारेको प्रहरीले जनाएको छ।

दुई बाख्राका आँखा झिकेर खाएको र २८ बाख्रालाई भालुले मारिफालेको स्थानीय दलवीर बोहराले बताए। भालु पीडित बोहराले आयस्रोतको प्रमुख माध्यम बाख्रा रहेको र वर्षौँ लगाएर पालेका बाख्राको बथानलाई एक दिनमै भालुले मारिदिएपछि निकै ठुलो क्षती भएको भएको बताए। गत वर्षपनि हिमाली गाउँपालिकामा दुई परिवारका एक सय बढी भेडाबाख्रा भालुले मारेको थियो। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै