काठमाडौँ । सत्तारुढ सात दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा मागेकोबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सात दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा छलफल भएको र राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका नेता हितराज पाण्डेले जानकारी दिए ।
‘प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर हिजो संसद् अवरुद्ध भयो र त्यहाँ प्रमले राजीनामा गर्नुपर्छ भन्ने कुरा आयो, राजीनामाको कुरा कल्पना पनि गर्न सकिन्न’, पाण्डेले भने, ‘जे कुरा हो त्यो कुरा प्रधानमन्त्रीले सदनमा राख्ने ।’सात दलले मिटर ब्याज पीडितहरूलाई न्याय दिन र सुशासनका लागि सरकारले गरिरहेको कामलाई ओझेलमा पार्न गरिएको षडयन्त्र भएको पनि निष्कर्ष निकालेका छन् ।
‘उहाँले के भन्नुभएको भन्ने कुरा संसदमा राख्नुहुन्छ । त्यो एउटा भावनात्मक विषयवस्तु, कहीँ अर्कै प्रसङ्गमा, व्यक्तिगत कुरा त्यो पनि धेरै वर्ष पुरानो कुरा ल्याएर सदन अवरुद्ध र प्रधानमन्त्रीको राजीनामा मागियो त्यो बेठिक भयो’, पाण्डेले भने,‘जे कुरा हो प्रधानमन्त्रीले संसदमा आफ्ना कुरा राख्ने ।’ उनले मिटरव्याजी र सुशासनका लागि सरकारले
गरिरहेको काम रोक्न प्रधानमन्त्रीको राजीनामाको विषय एमालेले ल्याएको पनि गठबन्धन दलहरूले निष्कर्ष निकाल्दै सोहीअनुसार संसद् र जनतामाझ लैजाने निर्णय गरेको छ । उनले वास्तविक कुरा के हो भन्ने नै नआई सदन अवरुद्ध गर्नु असंसदीय क्रियाकलाप भएको पनि बताए । राताेपाटी बाट
फेसबुक प्रतिक्रियाहरु