होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • माओवादी केन्द्र बाजुराको प्रशिक्षण कार्यक्रम स्थगित
राजनीति

माओवादी केन्द्र बाजुराको प्रशिक्षण कार्यक्रम स्थगित

  • नागरिक रैबार
माओवादी केन्द्र बाजुराको प्रशिक्षण कार्यक्रम स्थगित

राजेन्द्र विक बाजुरा,१७असोज ।नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय समिती सचीव तथा सुदुरपश्चिम प्रदेशका इन्चार्ज डिलाराम आचार्यको उपस्थितिमा बाजुरामा हुने भनिएको माओवादी केन्द्र बाजुराको प्रशिक्षण कार्यक्रम स्थगित भएको छ।
माओवादी केन्द्र बाजुराले संचालन गरेको जनता संग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत एक महिने कार्यक्रमको प्रभाव बारे समिक्षा तथा नेता कार्यकर्तामा उर्जा प्रदानका निम्ति गरिने प्रशिक्षण कार्यक्रमका लागि सचीव आचार्य संगै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पुर्ब सुदुरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट पनि यहि असोज १९गते बाजुराको सदरमुकाम मार्तडिमा आउने गरि कार्यक्रम तय गरिएको भए पनि विविध कारणले स्थगित गर्नुपरेको माओवादी केन्द्रका प्रदेश समोती सदस्य मान बहादुर बिक मनोजले बताए।
समिक्षा तथा प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्र बाजुरामा कार्यरत पार्टी केन्द्रिय सदस्य प्रदेश कमिटी सदस्य जिल्ला समन्वय समिति सदस्य,स्थानीय पालिकाका पदाधिकारी हरु, केन्द्र,प्रदेश,जिल्लाका बिभिन्न आयोग र बिभागका सदस्यहरु,
ज्येष्ठ कम्युनिस्ट मंन्च का सदस्यहरु, सल्लाहकार समिति का सदस्यहरु ,जनबर्गिय संगठन का केन्द्र प्रदेश स्तरका पदाधिकारी, निर्वाचीत जनप्रतिनिधिहरुको सहभागिता रहने गरि प्रचार गरिएको थियो। बिबिध कारणले समिक्षा तथा प्रशिक्षण कार्यक्रम स्थगित गरिए पनि केही दिन भित्रै संचालन हुने माओवादी केन्द्र बाजुराका संयोजक दिपक बुढाले बताएका छ्न्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि