नागरिक रैबार/बाजुरा २० फागुन।बाजुराको बडीमालिका नगरपालिका-९ उखाडीका ५६ वर्षका लालमनी उपाध्यायको कृतिम खुट्टा फेरिएको छ ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण कृतिम खुट्टा फेर्न नसकी घरमै थलिएर बसेका लालमनीको समाचार विभिन्न संचार माद्यममा प्रकाशन भएपछि उनको कृतिम खुट्टा फेरिएको हो ।
लालमनीलाई पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिंहले बाजुराबाट उद्धार गरेर उपचारका लागि काठमाण्डौं पुगाएका थिए । सिंहको पहल तथा संस्था मेडिकल पुनः स्थापना केन्द्र र काठमाडौ थेरापी क्याम्पको सहयोगमा लालमनीको करिव ८ लाख बरारको कृत्रिम खुट्टा फेरिएको हो ।
लालमनी अहिले काठमाण्डौंमा छन् । उनको अहिले फेरिएको कृतिम खुट्टा कम्तिमा १५ बर्ष भन्दा बढीसम्म टिकाउ हुने भएको छ । अहिले फेरिएको खुट्टाले लालमनी १५ वर्षसम्म हिँडडुल गर्न सक्ने भएका छन् । यस अघि भने लालमनी आर्थिक अवस्था कमजोर भएकै कारण कृतिम खुट्टा हाल्न नसकेर घरबाट बाहिर निस्कन समेत सक्दैनथे ।
लालमनीको करिव ८ लाख बराबरको कृतिम खुट्टा हालिएको पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिंहले बताएका छन् । लालमनीको कृतिम खुट्टाको सामान युरोप बाट ल्याएर काठमाडौंमा नाप जाँच गरेर फिटिङ्ग गरिएको अभियान्ता सिंहले बताएका छन् ।
२०६९ सालमा भारतमा गएका बेला गाडीले कुल्चेर दाँया खुट्टा गुमाएका लालमनिको चार बर्ष अघि पनि पत्रकार सिंहकै पहलमा गैंडाकोटमा कृत्रिम खुट्टा हालिएको थियो । ४ वर्ष अगाडि गैँटाकोटमा हालिएको कृतिम खुट्टा ड्यामेज भएपछि लालमनीलाई सामान्य हिँडडुल गर्न समेत समस्या भएको थियो । नयाँ कृतिम खुट्टा फेरिएसंगै लालमनी अव घरभित्र बाहिर सजिलै हिँडडुल गर्न सक्ने भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु