होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोशी प्रदेश : जसपा फकाउँदै एमाले, गठबन्धन पर्खँदै उपेन्द्र
समाचार

कोशी प्रदेश : जसपा फकाउँदै एमाले, गठबन्धन पर्खँदै उपेन्द्र

  • नागरिक रैबार
कोशी प्रदेश : जसपा फकाउँदै एमाले, गठबन्धन पर्खँदै उपेन्द्र

काठमाडौँ । कोशी प्रदेश सरकार निर्माणका लागि निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल सत्तारुढ गठबन्धनको निर्णयको पर्खाइमा रहेको छ । मधेस प्रदेशमा नेकपा एमालेले जसपालाई सघाएको कारण कोशी प्रदेशमा जसपाबाट एमालेले सहयोगको अपेक्षा गरेको छ । तर कोशी प्रदेशको हकमा कसैलाई सहयोगको वचन नदिई जसपा तटस्थ बसेको छ ।

आइतबार मात्र एमालेका सचिव एवं कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भेटेका थिए । भेटमा उनले अध्यक्ष यादवसँग कोशी प्रदेश सरकार बनाउन सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा अध्यक्ष यादवले आफ्नो दल समाजवादी मोर्चा र सत्ता गठबन्धनमा रहेकाले त्यसको निर्णयको आधारमा अगाडि बढ्ने प्रतिक्रिया दिएका थिए । ‘अहिले हामी न एमालेलाई सहयोग गर्ने भनेका छौँ, न काँग्रेस–माओवादीलाई नै । हामी तटस्थ छौँ । अब गठबन्धनले के निर्णय गर्छ त्यसको आधार जसपाले थप निर्णय गरेर अगाडि बढ्छौँ,’ यादवको भनाई उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले एक नेताले रातोपाटीलाई जानकारी दिए ।

रघुवीर महासेठले भेटे उपेन्द्र यादवलाई, के भयो छलफल ?
यता जसपाका केन्द्रीय सदस्य शैलेन्द्र साहले पनि गठबन्धनले गर्ने निर्णयकै आधारमा आफ्नो पार्टी अगाडि बढ्ने बताए । ‘प्रदेश १ को नामकरणको विषय लिएर आन्दोलन चलिरहेको छ । जसपाले त्यसको नेतृत्व पनि गरेको छ,’ यी सबै विषयलाई पनि मध्यनजर गर्दै जसपाले निर्णय लिने उनले बताए ।

विज्ञापन

जसपाका केन्द्रीय सदस्य जयराम यादवले प्रदेश १ को नामकरणको विषय लिएर आफूहरू सरकार छाडेको बताउँदै नयाँ सरकार गठन गर्दा यसबारेमा पनि विचार गरिने बताए । ‘हाम्रो मुद्दा कोशी प्रदेशको नामकरण रहेको छ । त्यसका लागि हाम्रो दलले आन्दोलन गरिरहेको छ । नाममा पुनर्विचार नगरे आन्दोलन जारी रहनेछ,’ उनले भने ।

आज चार बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । सो बैठकमा कोशी प्रदेशमा सरकार गठनको बारेमा छलफल हुने बुझिएको छ । कोशी प्रदेश सरकार गठनका लागि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि २१ गतेको समय सीमा दिएका छन् । रातापाटी बाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै