होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सडक, कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि पहल गर्नेछुः सांसद शाही
समाचार

सडक, कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि पहल गर्नेछुः सांसद शाही

  • नागरिक रैबार
सडक, कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि पहल गर्नेछुः सांसद शाही

नागरिक रैबार/बाजुरा १८ बैशाख।बाजुराको प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेश सांसद पदमबहादुर शाहीले बाजुरामा सडक, कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि पहल गर्ने बताएका छन् ।

आईतबार बिहान प्रेस युनियन बाजुरा शाखाले मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद शाहीले यस्तो बताएका हुन् ।
उनले बाजुरा जस्तो विकट क्षेत्रमा कृषि, सडक, स्वास्थ्य र शिक्षा पछाडि परेकोले आफ्नो पाँच वर्षे कार्यकालमा यिनै क्षेत्रहरुलाई प्रमुख विकासको एजेण्डा बनाएर सुदूरपश्चिम प्रदेशमा पहल गर्ने बताएका हुन् ।

सांसद शाहीले पहिलो वर्ष बाजुराको प्रदेश (ख) क्षेत्रमा रहेका ५ वटै पालिकाका ग्रामिण र पर्यटकीय क्षेत्रका सडकहरुको स्तरोन्नति गर्नका लागि प्रदेशबाट बजेटको माग गर्ने बताएका छन् ।

विज्ञापन

उनले बल्दे दवारीको बैकल्पिक सडकको स्तरोन्नति गर्न गरेर सदरमुकामसम्म नियमित यातायात संचालनका पहल गर्ने र यसै आर्थिक वर्षभित्र भौनेरामा बेलिवृज जडानका लागि सूरुवात गर्ने समेत उनले बताए ।

त्यसै गरी उनले बाजुराका सबै स्थानिय तहमा एक वटा खेलमैदानको अवधारणा सहित बजेटमा समेट्ने बताएका छन । प्रदेश सरकारबाट आयोजनाका रुपमा रहेका गौरवका योजनाहरुलाई निरन्तरता दिने र बाकी सडकहरुमा गौमुल बझाङ सडक, बाम्का देखी खप्तड, मार्तडी बडिमालिका सडक लगायतका सडकहरु बनाउन पहल गर्ने सांसद शाहीले बताएका छन् ।

प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौलेको अध्यक्षतामा संचालन भएको पत्रकार सम्मेलनका प्रमुख अतिथि प्रदेश सभा सदस्य पदम बहादुर शाही रहेका थिए । प्रेस यूनियन बाजुराका सचिव प्रशान्त जोशीले संचालन गरेको कार्यक्रममा पत्रकार लगायत अन्यको समेत उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै