होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
देश/प्रदेश

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

  • नागरिक रैबार
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ।राष्ट्रपतिमा ८ दलको समर्थनमा साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई मतदान गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको उनको भनाइ छ।‘हाम्रो पार्टीको केन्द्रीय सचिवालयको ५१ औं बैठक आज बस्यो। यो बैठकले एक मात्र निर्णय गरेको छ। राष्ट्रपति पदका ८ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई हाम्रो पार्टीले मतदान गर्नेछ भन्ने निर्णय भयो,’ खतिवडाले भने।

गत फागुन १३ गते ८ दलको समर्थनमा पौडेल राष्ट्रपति उम्मेदवार भएका थिए। यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ।खतिवडाका अनुसार सरकारमा जाने विषयमा पार्टी सकारात्मक भए पनि अहिले नै सरकारमा जाने बेला भने भइनसकेको बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै