धनगढीः बैतडीमा ३ महिना अगाडि बलात्कृत भएकी भनिएकी किशोरीको पेटमा ८ महिनाको बच्चा रहेको पाइएको छ। जिल्लाको मेलौली नगरपालिकी १६ वर्षीया ती किशोरीको स्वास्थ्य जाँच गर्दा उक्त कुरा खुलेको हो।
किशोरीले आफूमाथि गत फागुनमा जबरजस्ती करणी भएको भन्दै जेठ १४ गते जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी दिएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गाउँकै भदु नाता पर्ने २२ वर्षीय अशोकले किशोरीमाथि जबरजस्तीकरणी गरेको थियो। तर स्वास्थ्य परीक्षणमा भने किशोरीको पेटमा ८ महिनाको शिशु रहेको पाइएको छ। किशोरी गर्भवती भएको परिवारले ढिला थाहा पाएपछि प्रहरीलाई खबर गरेको थियो। पीडित कीशोरीका दाईले दिनेश खबरसँग भने, ‘फागुनमा बलात्कार भएको भनेपछि प्रहरीमा उजुरी दिएका हौँ।’
तर पीडित किशोरीले भने आफुमाथि असोजमा नै जबरजस्ती भएको बताइन्। उनले भनिन्, ‘सुरुमा असोजमा म सुतिरहेको बेला राति रक्सी खाएर आएका अशोकले मुख थुनेर जबरजस्ती गरे। त्यसको २ महिनापछि पनि जबरजस्ती गरे। घरमा वा अन्य कसैलाई भने मारीदिने धम्की दिने गर्थे।’ अन्तमा फागुनको महिना जबरजस्ती गरेको उनले बताइन्। उनले पीडकले दिएको धम्कीको डरले फागुनमा नै जबरजस्ती गरेको भनेर घरमा बताएको बताइन्।
उनलाई अहिले माइती नेपाल धनगढीमा राखिएको छ। आरोपित चन्द भने फरार छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशीले पनि जाहेरी र स्वास्थ्य रिपोर्ट फरक रहेको बताए। उनले भने, ‘तीन महिनाअघि बलात्कार भएको जाहेरी आएकोमा स्वास्थ्य परीक्षण गर्दा ८ महिनाको बच्चा रहेको भेटिएको छ। आरोपित फरारको खोजी भइरहेको र यो घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।’
बैतडीमा बलात्कृत किशोरी गर्भवती भएपछि प्रहरीमा जाहेरी, आरोपितको खोजी हुँदै
फेसबुक प्रतिक्रियाहरु