होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शवबाटै ‘लुटियो’ नगद र सुन
समाचार

शवबाटै ‘लुटियो’ नगद र सुन

  • नागरिक रैबार
शवबाटै ‘लुटियो’ नगद र सुन

काँकडभिट्टा — इलामको रोङ गाउँपालिका–४ पैह्रे भन्ने ठाउँबाट गत बिहीबार प्रदेश १ –०१–००१ च ७९१६ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई दुर्घटना भयो । दुर्घटनामा मेचीनगर–४ बाहुनडाँगीका व्यवसायी दाजुभाइ रमेश थापा (५२) र सूर्य थापा (४४) को घटनास्थलमै मृत्यु भयो । चालक अर्जुन कोइराला (३५) संयोगले बाँचे । उनको उपचार जारी छ ।

मेची राजमार्गदेखि करिब ५ मिटरभन्दा तल गाडी खसेपछि मृत्यु भएका रमेश थापाको साथमा २ लाख ७५ हजार नगद थियो । दायाँ हातको साइँली औंलामा आधा तोलाको सुनको औँठी पनि थियो । तर, घटनापछि आफन्त पुग्दा थापाको साथमा न नगद थियो नत औँठी नै । ‘पैसा त लगे ठीकै छ तर हातको औँठी पनि थुतेर लैजाँदाचाहिँ साह्रै दु:ख लागेर आयो,’ बुवाको किरियामा बसेका छोरा राजेशले भने,‘यस्तो अमानवीय हर्कत कसले गऱ्यो होला थाहा छैन ।’

खसीबाख्राका व्यापारी थापाले घरबाट नगद ४ लाख रुपैयाँ बोकेका थिए । धुलाबारीका एक व्यापारीलाई १ लाख २५ हजार तिरेपछिको बाँकी रकम उनको साथमा थियो । घटनास्थलबाटै उक्त रकम हराएको परिवारको आरोप छ ।

विज्ञापन

गाडी दुर्घटनालगत्तै एक महिलाले फोन गरेर परिवारलाई खबर गरेकी थिइन्। पछि प्रहरी पनि घटनास्थल पुगेको थियो । प्रहरीकै मिलेमतोमा रकम लुटिएको परिवारको आशंका छ ।छिमेकी अर्जुन कार्कीले शवमाथिको लुट अन्त्य गर्न प्रहरीसँग माग पनि गरेका छन् ।‘हामी पुग्दा शव खोतलखातल पारिएको थियो,’ उनले भने,‘औला नै पिल्सिने गरी औँठी थुतेर लगिएको छ ।’

इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले दुर्घटनाका मृतकमाथिको लुट घटनाले गम्भीर बनाएको बताउँदै घटनाको सुक्ष्म ढंगबाट अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएको जनाए । ‘प्रहरीले शंकास्पद र घटनास्थलमा पहिलो पटक पुग्ने मान्छेहरुसँग बयान सुरु गरेको छ,’ प्रजिअ ढुंगानाले भने,‘केही दिनभित्रै सत्यतथ्य सार्वजनिक गर्नेछौँ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार