होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सत्ता गठबन्धनको बैठक बस्दै
समाचार

सत्ता गठबन्धनको बैठक बस्दै

  • नागरिक रैबार
सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बस्न लागेको हो ।

बैठक दिउँसो ३ बजे बस्नेछ । स्थानीय तह निर्वाचन र आइतबार सार्वजनिक बजेटको समीक्षा गर्नका लागि बैठक बस्न लागेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि सत्ता गठबन्धनको बैठक दोस्रो पटक बस्न लागेको हो । पहिलो बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल गरेको बैठकले सबै ठाउँको निर्वाचन परिणाम आएपछि मात्र चुनावी समीक्षा गर्ने निर्णय गरेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार