होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आजको मौसम : पश्चिम नेपालमा भारी वर्षा, शुक्रबारदेखि सुधार
समाचार

आजको मौसम : पश्चिम नेपालमा भारी वर्षा, शुक्रबारदेखि सुधार

  • नागरिक रैबार
आजको मौसम : पश्चिम नेपालमा भारी वर्षा, शुक्रबारदेखि सुधार

काठमाडौँ — मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भूभाग नजिक रहेकाले देशका अधिकांश स्थानमा भारी वर्षा भएको छ ।

शुक्रबारदेखि अहिलेको अवस्थामा तुलनात्मक रुपमा केही सुधार देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गएरातिदेखि नै गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका केही जिल्लामा अति भारी वर्षा मापन भएको छ ।

महाशाखाका अनुसार कैलालीको धनगढी, बाँकेको नेपालगञ्ज, रुपन्देहीको भैरहवा, कास्कीको पोखरा, दाङ, प्यूठान, पाल्पा र रौतहटमा अति भारी वर्षा भएको छ ।

पछिल्लो १२ घण्टामा कास्कीमा १६४ मिलिमिटर, पाल्पामा १४८ मिलिमिटर, नेपालगञ्जमा १४५ मिलिमिटर प्युठानमा १४० मिलिमिटर, दाङमा १३५ मिलिमिटर र रौतहटमा १०६ मिलिमिटर वर्षा मापन भएको छ । कैलालीमा ६ घण्टामै १०० मिलिमिटर वर्षा मापन भएको छ भने भैरहवामा पनि अहिले भारी वर्षा भइरहेको मौसमविद पौडलले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले पनि कैलाली, कन्चनपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको जनाएको छ । कान्द्रा, मोहना, खुटिया लगायत नदीमा बाढीको बहाव बढेको छ । कैलालीको कान्द्रा नदीले सतर्कताको तह पार गरेको छ । त्यसैले आज बिहान १० बजेसम्मै सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

यसैगरी जाजरकोट र आसपासका क्षेत्रहरुमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएका बाढी र पहिरोग्रस्त क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै रौतहटको गौर र आसपासको क्षेत्रहरुमा भारी वर्षा भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज बेलुकासम्मै सतर्कता अपनाउनुपर्ने बाढी सूचना केन्द्रले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि देशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । शुक्रबारदेखि भने मौसम तुलनात्मक रुपमा केही सुधार हुने मौसमविद् वरुण पौडेलले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै