होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मन्त्रीले नै गरे फेक फोटो भाइरल, प्रचण्डपुत्रीले पनि दिइन् श्रद्धाञ्जली
समाचार

मन्त्रीले नै गरे फेक फोटो भाइरल, प्रचण्डपुत्रीले पनि दिइन् श्रद्धाञ्जली

  • नागरिक रैबार
मन्त्रीले नै गरे फेक फोटो भाइरल, प्रचण्डपुत्रीले पनि दिइन् श्रद्धाञ्जली

काठमाडौंः पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कविहीन बनेसँगै सबै देशवासीले चालकदल र यात्रुहरूको सकुशल अवतरणका लागि प्रार्थना गरिरहेका छन्। यति नै बेला सामाजिक सञ्जालमा भने फेक न्यूज र फोटो भाइरल बनाउने होड पनि चलिरहेको छ।

अहिले तारा एयरको दुर्घटनाग्रस्त विमान भन्दै एउटा तस्बिर फेसबुकमा यत्रतत्र पोष्ट भइरहेको छ। धेरैले यो तस्बिर सेयर गरेका छन्। अरु त अरु, एकजना प्रदेशमन्त्रीले समेत यो तस्बिर सेयर गर्दै यात्रुहरूलाई श्रद्धाञ्जली दिन भ्याए। उनी हुन् वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल। उनले अत्यन्तै दुस्खद खबर भन्दै तारा एयरको बिमान दुर्घटना हुँदा १९ यात्रु र ३ जना चालकदलका सदस्यको निधन भएको बताएका छन्।

यस्तै माओवादी अध्यक्ष प्रचण्डकी पुत्री गंगा दाहालले समेत हतारमा श्रद्धाञ्जली दिएकी छन्। उनले पनि फेसबुकमा तारा एयरको जहाज पहाडमा ठोक्किएर दुर्घटना हुँदा सवार सबैको मृत्यु भएको भन्दै श्रद्धाञ्जली दिएकी हुन्। एकछिनपछि उनले उक्त पोष्ट हटाइन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै