होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राप्रपा नेपालले सातै प्रदेशमा अन्तरक्रिया र भेला गर्ने
समाचार

राप्रपा नेपालले सातै प्रदेशमा अन्तरक्रिया र भेला गर्ने

  • नागरिक रैबार
राप्रपा नेपालले सातै प्रदेशमा अन्तरक्रिया र भेला गर्ने

राप्रपा नेपालले मुलुकको सात वटै प्रदेशमा अन्तरक्रिया र भेला आयोजना गर्ने भएको छ । केही दिन अघि काठमाडौंमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितीको निर्णय बमोजिम कार्यक्रम आयोजना गरिन लागिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

महामन्त्री बर्तौलाका अनुसार ‘जनताको माझमा राप्रपा नेपाल’ अभियान अन्तर्गत ‘वर्तमानका चुनौती र विकल्प’ विषयमा बुद्धिजीवी वर्ग, नागरिक समाजका अगुवा तथा विभिन्न पेशा,बर्ग,क्षेत्र ,समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ ।

यसका साथ साथै सातै प्रदेशमा प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम पनि आयोजना हुने बर्तौलाले बताए। पहिलो चरणमा यहि जेष्ठ १८ र १९ गते बागमती प्रदेशको हेटौंडामा , २१ र २२ गते १ नम्बर प्रदेशको विराटनगरमा , २३ र २४ गते मधेस प्रदेशको जनकपुरमा २५ र २६ गते लुम्बिनीको बुटवलमा र २७ र २८ गते गण्डकीको पोखरामा कार्यक्रम तय भएको छ ।

विज्ञापन

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टी अध्यक्ष कमल थापा सहभागी हुने समेत महामन्त्री बर्तौलाले जानकारी दिए । उनका अनुसार बाँकी दुई प्रदेशमा हुने कार्यक्रमको मिति पनि चाँढै नै तय गरिनेछ ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार