होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन महासंघको माग
समाचार

पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन महासंघको माग

  • नागरिक रैबार
पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन महासंघको माग

काठमाडौँ — नेपाल पत्रकार महासंघले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गरेको छ । महासंघको बिहीबार काठमाडौंमा बसेको उपलब्ध केन्द्रीय कार्यसमिति बैठकले पत्रकारले पाउँदै आएको आधारभूत पारिश्रमिक अत्यन्तै कम भएको भन्दै पुनरावलोकन गर्न माग गरेको हो ।

बैठकले पारिश्रमिक वृद्धि गर्न न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गराउने र कार्यान्वयनका लागि सरकारलाई थप दबाब दिने निर्णय गरेको महासंघका सचिव गोविन्द चौलागाईंले जानकारी दिए ।

हाल पत्रकारको आधारभूत पारिश्रमिक २४ हजार ५ सय रुपैयाँ छ । तर‚ अहिलेको बजार भाउअनुसार यो पारिश्रमिक नसुहाउँदो भएको भन्दै महासंघले पत्रकारको पारिश्रमिक बढाउन माग गरेको हो । न्यूनतम पारिश्रमिक निर्धारण समितिले यसअघि नै २५ प्रतिशत तलब वृद्धि गर्न सिफारिस गरेको थियो तर सरकारले यसबारे कुनै निर्णय गरेको छैन ।

विज्ञापन

महासंघले ज्येष्ठ पत्रकारहरूका लागि सरकारले हालै सुरु गरेको आजीवन वृत्ति उपलब्ध गराउने निर्णय कार्यान्वयनको स्वागत गरेको छ । तर‚ वृत्ति प्राप्त गर्नका लागि ज्येष्ठ पत्रकारले बेहोर्नुपर्ने झन्झटिला प्रक्रियालाई परिमार्जन गरी सरल तुल्याउन र यसलाई धेरैभन्दा धेरै पत्रकारको पहुँचमा पुर्‍याउनका लागि आग्रह गरेको छ ।

त्यस्तै, पारिश्रमिक नदिएर भएका आन्दोलन र त्यसपछि भएका सहमतिको कार्यान्वयनका लागि समेत महासंघले सम्बन्धित संस्थाहरूको ध्यानाकर्षण गराएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार