होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मुगु : स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाको संख्या बढ्दो
समाचार

मुगु : स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाको संख्या बढ्दो

  • नागरिक रैबार
मुगु : स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाको संख्या बढ्दो

मुगु । जिल्लामा रहेका चारै स्थानीय तह र जिल्ला अस्पताल मुगुमा सुरक्षित सुत्केरी गराउनका लागि दक्ष जनशक्ति र पूर्वाधारको सुविधा उपलब्ध भएपछि स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी गराउनेको संख्या बढेको छ ।

विगतका वर्षहरुमा सुत्केरी आमाहरुले घर तथा गोठमामा जोखिम मोलेरै सुत्केरी हुनुपर्ने बाध्यता थियो । अहिले जिल्लामा रहेका अधिकांश वडाहमा प्रसुति गृह सञ्चालनमा आएको छ र यसले गर्दा मातृ एवं शिशु मृत्युदर पनि घट्दै गएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका अनुसार ५ वर्षमुनिका बाल मृत्युदर अहिले शून्य रहेको देखिन्छ । जिल्लाभरी २७ वटा प्रसुति गृह सञ्चालनमा आएका छन् ।

घरमा सुत्केरी हुने आमाले सरकारबाट पाउने कुनै पनि सुविधा नपाउने र स्वास्थ्य संस्थामा चेकजाँच गराउने र प्रसुति गृहमा सुत्केरी हुन आउने आमालाई ४ देखि ९ पटकसम्म चेकजाँच गराए वापत ८ सय भत्ता, यातायात खर्च ३ हजार र प्रदेश सरकारबाट कोसेली कार्यक्रममार्फत २ हजार गरी जम्मा ५ हजार ८ सय दिनने गरिएको छ । साथै स्थानीय सरकारबाट सुत्केरी आमा र बच्चलाई न्यानो कपडा, सन्तुलित भोजन कोसेली दिने गरिएको छ ।

विज्ञापन

यी सुविधाले गर्दा चालु आर्थिक वर्षको साउनदेखी माघ महिनासम्म जिल्ला अस्पताल ठिनी मुगुबाट सुरक्षित सुत्केरी हुन आउने आमाको संख्या २ सय ३० जना पुगेको छ । गर्त बर्षभन्दा यो बर्ष स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको संख्या बढेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार