होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा ट्राफिक प्रहरीद्वारा अटो चालकलाई ‘असल सवारी चालक’ पुरस्कारले सम्मान
समाचार

कञ्चनपुरमा ट्राफिक प्रहरीद्वारा अटो चालकलाई ‘असल सवारी चालक’ पुरस्कारले सम्मान

  • नागरिक रैबार
कञ्चनपुरमा ट्राफिक प्रहरीद्वारा अटो चालकलाई ‘असल सवारी चालक’ पुरस्कारले सम्मान

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास-डोकेबजार सडकखण्डमा चल्ने तीन पाङ्ग्रे अटो रिक्साका चालकहरुलाई सम्मान गरिएको छ।

आइतबार अस्थायी ट्राफिक पोष्ट त्रिभुवनबस्ती र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त आयोजनामा पूर्णरुपमा ट्राफिक नियम पालना गर्ने, यात्रुसँग शिष्ट व्यवहार गर्ने र कुनै पनि कसुर/अभियोग नलागेका दस वटा अटोरिक्सा चालकहरुलाई नगद पाँच सय, दोसल्ला र प्रमाणपत्रसहित ‘असल सवारी चालक’ पुरस्कारले सम्मान गरेको हो।

अटो चालक हरिलाल रिजाल, कल्लु राना, तुलाराम चौधरी, हेमन्तसिंह विष्ट, दलबहादुर मल्ल, ओमकुमार सुनार, गणेश लामिछाने, इन्द्रबहादुर तामाङ, जितेन्द्र नेपाली र दीपकबहादुर बस्नेतलाई पुनर्वासका नगर प्रमुख जीवनराज थापा, नगर उपप्रमुख शारदा विष्ट र सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी प्रवीण धितालले सम्मान गरेका थिए।

विज्ञापन

सार्वजनिक यातायातको रुपमा रहेको अटो रिक्सालाई उक्त पुरस्कार कञ्चनपुर जिल्लामै पहिलो पटक प्रदान गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनबस्तीले जनाएको छ। नगर प्रमुख थापाले सम्मान कार्यक्रममा उपस्थित अटो चालकहरुलाई स्थानीय सरकारमा सवारी दर्ता गरी नियमसंगत व्यवस्थित ढंगले मात्रै अटो चलाउन अनुरोध गदै आगामी दिनमा पनि यसरी नै सम्मान गर्ने अवसर पाउनेमा आशावादी रहेको बताए।

सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी धितालले सर्वप्रथम सवारी नियम पालना गर्न सिक्नु नै चालकका लागि सबैभन्दा ठुलो सफलता हुने बताए। ‘सवारी चलाउँदा दुर्घटना हुन सक्छ भन्ने कुरालाई ख्याल राख्न सके दुर्घटना न्यूनीकरण हुन्छ,’ उनले भने, ‘हामीले गतिसँग होइन, सुरक्षासँग प्रतिस्पर्धा गर्न आवश्यक छ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार