होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाहिर आन्दोलन, भित्र अनुमोदन
समाचार

बाहिर आन्दोलन, भित्र अनुमोदन

  • नागरिक रैबार
बाहिर आन्दोलन, भित्र अनुमोदन

आइतबार बिहान सत्तारुढ दलहरू ‘व्याख्यात्मक घोषणा’सँगै संसद्बाट एमसिसी अनुमोदन गर्न सहमत भए । एमसिसीको विरोध गर्दै आएका माओवादी केन्द्र र एकीकृत समाजवादीले मध्यमार्गी उपायमा सहमति जनाएपछि संसद्मा दिनभर अनुमोदन प्रक्रिया चल्यो । तर, संसद् भवनबाहिर नयाँ बानेश्वर क्षेत्रमा अघिल्ला दिनहरूमा जस्तै एमसिसीविरुद्ध दिनभर आन्दोलन चर्कियो ।

आन्दोलनमा माओवादी र एकीकृत समाजवादीका कार्यकर्ता नै धेरै थिए, खासगरी विद्यार्थी । आन्दोलन भड्किन सक्ने पूर्वानुमान गर्दै नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा प्रबन्ध कडा पारिएको थियो । माइतीघरबाट नयाँ बानेश्वरतर्फ जाने सडकमा प्रहरीले फलामे छेकबार लगाएको थियो । सवारीसाधन प्रवेशमा पूर्ण रोक लगाएको थियो । सडकभर नेपाल प्रहरी र सशस्त्र प्रहरी थिए । बिजुलीबजार पुलआसपास क्षेत्रमा पनि सुरक्षाकर्मीको बाक्लो तैनाथी देखिन्थ्यो । पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी खटाइएका थिए ।

एभरेस्ट होटेलअगाडिबाट संसद् भवनतर्फ बढेको प्रदर्शन प्रहरीले रोक्न खोज्दा केहीबेर घम्साघम्सी चल्यो । प्रहरीले लाठीचार्ज गरेपछि विरोधकर्ता बिजुलीबजारतर्फ हटे । त्यसपछि ढुंगा र इँटा प्रहार गर्न थाले । प्रहरीले अश्रुग्यास बर्साउन थाल्यो । पानीको फोहोरा चलायो । आन्दोलनकारीलाई प्रहरीले बुद्धनगरअगाडितिरै छेक्यो, जहाँ दिनभर तनावग्रस्त बन्यो ।

विज्ञापन

महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बुद्धनगर क्षेत्रबाहेक अन्य ठाउँमा एमसिसीविरुद्धको आन्दोलन सामान्य रहेको बताए । ‘आइतबारको विरोध अनियन्त्रित हुने डर थियो । प्रहरीले सुरक्षा प्रबन्ध कडा पारेको थियो । विरोधका कार्यक्रम भए, तर क्षति खासै केही भएन । प्रहरीले अपनाएको संयमितताका कारण विरोध प्रहरीकै नियन्त्रणमा थियो ।’

सडक र चोकचोकमा टायर बालिएका थिए । प्रहरीलाई प्रहार गरिएका इँटा र ढुंगा सडकभर छरिएका देखिन्थे । केही विरोधकर्ताले गुलेली पनि बोकेका देखिन्थ्यो । आन्दोलनमा सहभागी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य खगेन्द्र रावलले शान्तिपूर्ण विरोधमा प्रहरीबाट बल प्रयोग भएको बताए । ‘विरोध शान्तिपूर्ण रूपमै भइरहेको थियो । तर, प्रहरीले बल प्रयोग गरेको छ । केही साथी घाइते भएका छन् । हामीले प्रहरी दमनको विरोध गरेका छौँ,’ उनले भने ।

प्रहरीले शंखमूल र पुरानो बानेश्वरतर्फ पनि आन्दोलनकारीको दबाब झेलिरहेको थियो । संसद् भवनतर्फ अगाडि बढ्न खोज्ने उनीहरूलाई फलामे छेकबार लगाएर रोकेको थियो । संसद् भवनको पश्चिम गेटतर्फ सबैभन्दा धेरै प्रहरी तैनाथ थिए । प्रत्येक गौँडामा सुरक्षाकर्मी देखिन्थे । मीनभवन कलेज, शान्तिनगर, अनामनगरतर्फ जाने सडकको मुखमा पनि प्रहरीको बाक्लो उपस्थिति थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार