होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हुम्लामा बुस्टर खोप अभाव
समाचार

हुम्लामा बुस्टर खोप अभाव

  • नागरिक रैबार
हुम्लामा बुस्टर खोप अभाव

हुम्ला — हुम्लामा कोरोनाविरुद्धको बुस्टर खोपको अभाव भएको छ । खोप नहुँदा अहिलेसम्म एक जनाले पनि बुस्टर डोज लगाएका छैनन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाभरि २७ हजार ६ सय ९० जनाले पहिलो डोज र १४ हजार ५७ जनले दोस्रो डोज लगाइसकेका छन् ।

खोपको बुस्टर मात्रा नआउँदा खोप अभियान नै प्रभावित भएको स्वास्थ्य सेवा प्रमुख प्रेमबहादुर सिंहले बताए । ‘खोप अभियान सुरु गर्न केन्द्रको निर्देशन आएको छ,’ उनले भने, ‘तर खोप नै नभएपछि अभियान सञ्चालन गरेका छैनौं ।’ जिल्लाभरिका स्वास्थ्य संस्थामा बुस्टर मात्रा लगाउन स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

पहिलो र दोस्रो मात्राको खोप लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिक तथा कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र सञ्चारकर्मीलाई बुस्टर लगाउन संघीय सरकारसँग ५ हजार डोज खोप मागिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार १२ वर्षदेखि १८ वर्षमुनिका ५ हजार ८ सय ८१ बालबालिकालाई पहिलो मात्रा मोडर्ना खोप दिइसकिएको छ । उक्त खोपको दोस्रो मात्रा २८ दिनको फरक पारी माघ २ मा लगाउन सुरु गरिएको स्वास्थ्य प्रमुख सिंहले बताए । कार्यालयले ७ गाउँपालिकामा पुस ४ दखि १४ सम्म अभियान सञ्चालन गरेको थियो ।

हिमपातका कारण खोप लिएर स्वास्थ्यकर्मीलाई जान कठिन हुने देखिएपछि नाम्खा गाउँपालिका–६ लिमीका बालबालिकाले भने पहिलो डोज पनि लगाउन पाएका छैनन् । बर्सेनि झन्डै ६ महिना लिमी आसपासका डाँडाकाँडा हिउँले छोपिएका हुन्छन् । नाम्खामा लिमीबाहेकका ३ सय ३१ बालबालिकालाई खोप दिइएको छ । लिमीमा झन्डै २ सय ५० बालबालिका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि