होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुरामा पिसिआर र अक्सिजन प्लान्ट सेवा एकैसाथ संचालनमा
समाज

बाजुरामा पिसिआर र अक्सिजन प्लान्ट सेवा एकैसाथ संचालनमा

माननीय लालबहादुर थापाद्धारा दुवै सेवाहरुको एकैसाथ रिवन काटेर उद्धघाट्न

  • नागरिक रैबार
बाजुरामा पिसिआर र अक्सिजन प्लान्ट सेवा एकैसाथ संचालनमा

नागरिक रैबार/बाजुरा १४ माघ।जिल्ला अस्पताल बाजुराले पिसिआर ल्याव र अक्सिजन प्लान्ट सेवा एकैसाथ संचालनमा ल्याएको छ ।
जिल्ला अस्पताल बाजुराले बाजुरामै कोरोना परिक्षण गर्ने पिसिआर ल्याव र कोरोनासंगै अन्य विरामीहरुका लागि आवश्यक पर्ने अक्सिजन प्लान्ट सेवा एकैसाथ संचालनमा ल्याएको हो ।

No description available.

जिल्ला अस्पताल बाजुराले स्थापना गरेकोे पिसिआर ल्याव र अक्सिजन पलान्टको एक औपचारिक कार्यक्रमका विच बाजुरा जिल्लाका माननीय लालबहादुर थापाले दुवै सेवाहरुको एकैसाथ रिवन काटेर उद्धघाट्न गर्नु भएको छ । संघ, प्रदेश र स्थानीय सरकारको लगानीमा पिसीआर ल्याव र अक्सिजन प्लान्टको सेवा संचालनमा ल्याएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
No description available.

अक्सिजन पलान्ट स्थापनाका लागि शुदुरपश्चिम प्रदेश सरकार बाट ८० लाख र संघिय सरकारको ७५ लाख गरि १ करोड ५५ लाख बिनियोजन भएको थियो । त्यस्तै पिसिआर सेवाका लागि तिन वटै सरकारबाट २५ लाख विनियोजन भएकाे अस्पतालले जनाएको छ ।

केही दिन अघि देखि पिसिआर सेवा र अक्सिजन प्लान्ट सेवा संचालनमा ल्याएको भएपनि आजबाट औपचारिक रुपमा दुवै सेवाहरु सूचारु गरिएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर प्रकाशराज जोशीले बताएका छन् ।

विज्ञापन

यसअघि जिल्लामा पिसिआर मेसिन नहुँदा कोरोना परीक्षणका लागि संकलित स्वाब डडेल्धुरा, धनगढी, नेपालगन्ज लगायतका अस्पतालमा पठाउनुपर्ने बाध्यता थियो । त्यस्तै अक्सिजन प्लान्ट सेवा नहुँदा कोरोनाका विरामीका साथै स्वास प्रस्वास सम्वन्धिका अन्य विरामीहरु समेतलाई जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहदै आएको थियो ।

जिल्ला अस्पताल बाजुराले पिसिआर ल्याव सेवा र अक्सिजन प्लान्ट सेवा एकैसाथ संचालनमा ल्याएपछि यहाँका विरामीहरुलाई सहज हुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ हप्ता अगाडि