होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा ७१ दशमलव ९८ प्रतिशत मत खस्यो, मतगणना अन्योलमा
समाचार

बाजुरामा ७१ दशमलव ९८ प्रतिशत मत खस्यो, मतगणना अन्योलमा

  • नागरिक रैबार
बाजुरामा ७१ दशमलव ९८ प्रतिशत मत खस्यो, मतगणना अन्योलमा

नागरिक रैबार/बाजुरा ११ मंसिर।बाजुरामा ७१ दशमलव ९८ प्रतिशत मत खसेको छ । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा बाजुराका ८३ हजार ५ सय ६७ मतदाता मध्ये ६० हजार १ सय ६५ जनाले मतदानन गरेका छन् ।

मंसिर ४ मा भएको निर्वाचनमा बुढीनन्दा नगरपालिका वडा नम्वर ५ को मतदान स्थलमा एमाले र काँग्रेसविच दोहोरो झडप भएपछि सो दिन मतदान स्थगित गरेर हिजो मंसिर १० गते पुन: मतदान भएको थियो । बुढीनन्दा ५ मा पुन मतदान भएसंगै बाजुराका ७० वटै ठाउँमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न पछि सवै मतदान केन्द्रका मतपेटिकाहरु संकलन गरेर सदरमुकाम मार्तडीमा राखिएको छ ।

बाजुरा त्रिवेणी नगरपालिका ७ मा मंसिर ४ गते २ जनाको ज्यान जाने गरी भएको घटनाको विषयलाई लिएर नेकपा एमाले बाजुराले अनेरास्ववियुका नेता चेतन अयडीको हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै निरन्तर आन्दोलन गरेपछि बाजुरामा निर्वाचनका अन्य कुनै गतिविधिहरु अगाडी बढ्न सकेका छैनन् ।

विज्ञापन

मंसिर ४ मा भएको मतदानका क्रममा काँग्रेसले १६ वटा ठाउँमा बुथ कव्जा गरेर एकलौटी मतदान गरेको भन्दै नेकपा एमालेले ति ठाउँमा पुन: मतदानको माग गर्दै मार्तडीमा आन्दोलन र दवावका कार्यक्रम गरिरहेको छ । त्यस्तै नेकपा एमालेले ८ वटा ठाउँमा बुथ कव्जा गरेको भन्दै काँग्रेसले पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजरी दिएपछि मतगणना नै अन्योलमा परेको छ ।

काँग्रेस र एमालेले २४ वटा स्थानमा पुन: मतदानको माग गर्दै उजुरी गरेपछि निर्वाचन आयोगबाट छानविनका लागि सहसचिव तुलसी श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोली बाजुरामा आएर छानविन गरेको र छानविन टोलीको प्रतिवेदनका आधारमा निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै बाजुरामा मतगणना गर्ने कि पुन: मतदान गर्ने भन्ने विषयमा निष्कर्ष हुने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलेले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै