होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देशैभरमा सबैभन्दा धेरै मत सुनिता डंगोलको
समाचार

देशैभरमा सबैभन्दा धेरै मत सुनिता डंगोलको

  • नागरिक रैबार
देशैभरमा सबैभन्दा धेरै मत सुनिता डंगोलको

स्थानीय तह निर्वाचन २०७९ मा देशैभरका उम्मेदवार मध्ये सबैभन्दा धेरै मत काठमाडौं महानगरपालिकाकी नविनिर्वाचित उपमेयर सुनिता डंगोलले पाएकी छिन् । एमालेका तर्फबाट काठमाडौंमा उपमेयरको उम्मेदवारी दिएकी डंगोलले ६८६१२ मत सहित सबैभन्दा धेरै मत पाउँने उम्मेदवारका रुपमा आफूलाई दर्ज गरेकी हुन् ।

उनका निकटतम प्रतिस्पर्धी रामेश्वर श्रेष्ठले २३८०६ मत मात्रै पाए । आफ्ना प्रतिस्पर्धीलाई ४४८०६ मतान्तरका साथ पछि पारेर विजयी भएकी डंगोलको अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा चर्चा छ ।

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले ६१७६७ मत पाउँदै गर्दा उपमेयर डंगोलले मेयरको भन्दा ६८४५ मत बढी पाइन् ।

विज्ञापन

स्थानीय तहको निर्वाचन घोषणा भएपछि काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारीे घोषणा गरेकी डंगोल पछि एमालेबाट उपमेयर पदको उम्मेदवार बनेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै