काठमाडौं, १३ जेठ । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुले सोमबारमात्र पद तथा शपथ लिने भएका छन् । शनिबार र आइतबार सार्वजनिक बिदा परेको हुनाले निर्वाचित जनप्रतिनिधिहरुले सोमबार मात्रै शपथ लिने भएका हुन् ।
काठमाडौंमा बिहीबार राति मात्रै मतगणना सकिएपनि शुक्रबारमात्रै निर्वाचन आयोगले औपचारिक बधाई दिएको हो । यतिबेला मेयरमा निर्वाचित बालेन्द्र साह र उपमेयरमा निर्वाचित सुनिता डंगोल विजय र्यालीमा व्यस्त छन् । उनीहरुको पाँचवर्षे कार्यकाल हुनेछ ।
फेसबुक प्रतिक्रियाहरु